ताजा अपडेट »

रुपन्देहीमा संक्रमित र मृतकको संख्या घटदै, ४ गाउँपालिकामा शून्य संक्रमित

शुक्रबार, ३१ बैशाख २०७८, १७ : १४
2 Shares

भैरहवा । पछिल्लो २ दिनदेखि रुपन्देहीमा कोभिड संक्रमितको संख्या घट्दै गएको छ । यसले कोभिडको हटस्पट बनेको रुपन्देहीमा केही राहतको महशुश भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज एक सूचना जारी गरि सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा १ हजार ४ सय ७८ जनाको आरटिपिसिआर चेक गर्दा ५ सय १४ जनामा कोभिड संक्रमण पाईएको जनाएको छ । यो भनेको ३४ दशमलव ७७ प्रतिशत हो । यस्तै जिल्लामा पछिल्लो २४ घण्टा भित्र ९ जनाको मृत्यु भएको छ । यस संगै रुपन्देहीमा कोभिडका कारण मृत्यु हुनेको संख्या ३ सय ३६ र सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ८ जना पुगेको छ ।

संक्रमित मध्ये सबै भन्दा बढी तिलोत्तमा नगरपालिकामा ८२ जना महिला र ८३ जना पुरुष गरि १ सय ६५ जना रहेका छन् । अहिले सम्म सबै भन्दा बढी संक्रमित देखिदै आएको बुटवल उपमहानगर पालिकामा भने तुलनात्मक रुपमा संक्रमितको संख्या धेरै कम भएको छ । बुटवलमा ६३ जना महिला र ९१ जना पुरुष गरि १ सय ५४ जना संक्रमित देखिएका छन् । सिद्धार्थनगर नगर पालिकामा १७ महिला र २८ पुरुष गरि ४५ जना, सियारी गाउँपालिकामा १५ जना महिला र ४० जना पुरुष गरि ५५ जना, देवदह नगरपालिकामा ११ जना महिला र १५ जना पुरुष गरि २६ जना रहेका छन् । यस्तै सैनामैना गाउँपालिकामा १५ महिला र १५ पुरुष गरि ३० जना संक्रमित भएका छन् ।

ओमसतिया गाउँपालिकामा ४ जना महिला र ६ जना पुरुष गरि १० जना, कन्चन गाउँपालिकामा ९ महिला र ७ पुरुष गरि १६ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । यसै गरि मायादेवी गाउँपालिकामा ४ जना पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना पुरुष, शुद्धोधन गाउँपालिकामा ६ जना पुरुष र कोटहीमाई गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीका ४ वटा स्थानिय तहमा कोरोना संक्रमितको संख्या शून्य देखिएको छ ।

जिल्लाको गैडहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा संक्रमितको संख्या शून्य देखिएको हो । रुपन्देहीमा संक्रमणमा परि मृत्यु हुनेमा २ प्रतिशत मात्र रहेका छन् । अहिले जिल्लामा ३३ प्रतिशत सक्रिय संक्रमित र ६५ प्रतिशत निको भएको स्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । जिल्लामा अहिले सक्रिय संक्रमित मध्ये ३ सय ४२ जना लक्षण सहितका संक्रमित रहेको र उनिहरुको बिभिन्न पालिकामा रहेको आईसोलेसन सेन्टरमा उपचार भई रहेको छ । यस्तै अन्य ७ हजार ६६ जना होम आईसोलेसनमा बसी रहेका छन् ।

https://www.globalaawaj.com/archives/106165
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।