ताजा अपडेट »

लघुवित्तका ऋणीहरुलाई सहुलीयत, १० प्रतिशतसम्म ब्याज छुट

शुक्रबार, ३१ बैशाख २०७८, १२ : ०४
6 Shares

बुटवल । लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएकाहरुले अब १० प्रतिशतसम्म ब्याज छुट पाउने भएका छन् । कोभिड–१९ ले सिर्जना गरेको असहज परिस्थितमा ऋणीलाई सहुलियत दिने निर्णय अनुसार नेपाल लघुवित्त बैंकर्स संघले यो व्यवस्था गरेको हो ।

चालू आर्थिक वर्षको असार मसान्तसम्म ब्याज छुट दिने भएको हो । मुलुकमा हाल ७२ वटा लघुवित्त वित्तीय संस्थाहरुबाट २८ लाख ऋणीहरूलाई २ खर्ब ८० अर्ब रुपैयाँ ऋणी प्रवाह गरिएको छ । संघले एक परिपत्र जारी गर्दै सदस्य संस्थाहरूलाई ऋणी ग्राहकहरूलाई ब्याजमा संस्थागत क्षमतानुसार ब्याजमा सहुलियत प्रदान गर्न आग्रह गरेको छ ।

सो निर्णय सबै लघुवित्त संस्थाको सहमतिमै भएको र प्रत्येक सस्थाले ५ प्रतिशतदेखि १० प्रतिशतसम्म ब्याज छुट दिने संघका अध्यक्ष बसन्त लम्सालले बताए । यसैगरि, संघले सो परिपत्रमा सदस्य संस्थाहरुलाई कोभिडको संक्रमणबाट बच्न स्वास्थ मापदण्ड पालना गर्दै डिजिटल प्रविधिको प्रयोग गरि कारोबार गर्न समेत सुझाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।