ताजा अपडेट »

भिम अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान

सोमबार, २० बैशाख २०७८, १९ : १५
6 Shares


भैरहवा । भैरहवामा क्रियाशिल उद्योग र ब्यपार संगठन तथा सहकारीहरुले भैरहवा स्थित भिम अस्पताललाई अक्सिजन सिलिण्डर र फ्लोमिटर प्रदान गरेका छन् ।

अक्सिजनकै अभावमा कसैको ज्यान नजाओस भन्ने उद्देश्यले जिल्ला स्थित सरकारी अस्पताललाई अक्सिजन सिलिण्डर र फ्लोमिटर प्रदान गरिएको सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जानकारी दिए । अहिले कोभिड महामारीलाई हेर्दै स्वतःस्फूर्त रुपमा उक्त सामाग्री प्रदान गरिएको श्रेष्ठले बताए ।

प्रदान गरिएको सामाग्री मध्ये सिद्धार्थ उद्योग बाणिज्य संघले २५ थान सिलिण्डर, उद्योग ब्यापार संगठन रुपन्देही २५ थान सिलिण्डर, जनउत्थान सहकारी संस्था लिमिटेडले ३० थान फ्लोमिटर र दर्शन सहकारी संस्था लिमिटेडले २० थान फ्लोमिटर सहयोग गरेको उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।

उद्योग वाणिज्य संघद्वारा जरिवाना मिनहा गर्न अपिल

भैरहवा । उद्योग वाणिज्य संघले वर्तमान असहजतालाई हेर्दैै उद्योग ब्यवसायको राहतको लागी मूल्य अभिवृद्धि कर, अन्तशुल्कको मास्केवारी तथा कर र बिद्युत महशुल दाखिलाको समयावधि बिद्यमान अवस्था सहज नभएसम्मको लागी थप गर्न अपिल गरेको छ । संघका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठले प्रेस विज्ञप्ती जारी गर्दै उक्त अवधिको जरिवाना मिनहाको ब्यवस्था गरि दिन सम्बन्धित निकायमा अपिल गरेका छन् ।

श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा सरकारको निर्णय अनुसार सबै ब्यवसायीहरुले आफ्नो ब्यवसायीक प्रतिष्ठानहरु बन्द गरेर घरमै बसिरहेको उल्लेख गरेका छन् । यस्तो अवश्थामा कतिपय उद्योगी ब्यवसायी नै संक्रमणको कारण अस्पताल लगायत आईसोलेसनमा बसेको कारण उद्योग ब्यवसाय ठप्प रहेको र जोखिमको कारण आर्थिक गतिविधिमा गिरावट आएको श्रेष्ठको भनाई छ । यस्तो अवश्थामा आयात निर्यातमा समेत असहजता देखिएकोले बिभिन्न कर तथा राजस्व दाखिलाको समयावधि सहज नभए सम्मको लागी थप गर्न संघले अपिल गर्दै विज्ञप्ती जारी गरेको जनाएको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा