१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

नयाँ दिल्ली। भारतको एक केन्द्र शासित प्रदेश समेत पाँच राज्यमा हालै सम्पन्न विधानसभाको निर्वाचनको मतगणना आज बिहानैदेखि जारी छ । चुनावको प्रारम्भिक विवरण अनुसार मतपरिणाम प्रारम्भिक नतिजा मिश्रित किसिमको आएको छ । यसपटक पश्चिम बङ्गाल, असम, केरला र तमिलनाडू राज्य तथा केन्द्र शासित पुडुचरी राज्यमा चुनाव भएको हो । सबैभन्दा ठूलो राज्य पश्चिम बङ्गालमा मुख्यमन्त्री ममता बनर्जीको दल त्रिणमुल कङ्ग्रेसले लगातार तेस्रो पटक चुनाव जितेर सरकार बनाउने प्रयत्नमा छ भने यहाँ भारतीय जनता पार्टीले त्रिणमुलमाथि कडा टक्कर दिने अनुमान गरिएको छ ।

मध्यान्हसम्मको मतगणनामा कूल २९२ सिट रहेको पश्चिम बङ्गालमा त्रिणमुल कङ्ग्रेसले १७७ तथा भारतीय जनता पार्टीले १०९ स्थानमा अग्रता बनाएका छन् । लामो समय शासन गरेको कम्युनिष्ट पार्टी माक्र्सवादी समेतको गठबन्धनले ४ स्थानमा अग्रता बनाएको छ । यस्तै २३४ सिट रहेको तमिलनाडूमा डिएमकेको गठबन्धनले १४१ स्थानमा अग्रता बनाएको छ भने एआइएडिमकेले ८७ स्थानमा अग्रता कायम गरेको छ । यसैगरी, १४० सिट रहेको केरलामा एलडिएफले ८० तथा युडिएफले ४८ स्थानमा अग्रता बनाइरहेका छन् । असम राज्यमा भने सत्तारुढ भारतीय जनता पार्टीको गठबन्धन (एनडिए) अग्रस्थानमा छ । कूल १२६ सिट रहेको असममा एनडिएले ७४ र भारतीय राष्ट्रिय कङ्ग्रेसको गठबन्धन (युपिए) ले ५२ स्थानमा अग्रता बनाएका छन् । यस्तै ३० सिट रहेको पुडुचरीमा एनडिएले १५ र युपिएले ८ स्थानमा अग्रता बनाएका छन् । मतगणनाको अन्तिम नतिजा आजै साँझसम्ममा प्राप्त हुने अनुमान गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ