ताजा अपडेट »

नेपालगञ्जमा अक्सिजनसहितकाे ५० बेडको आइसोलेशन केन्द्र सञ्चालनमा

आइतबार, १९ बैशाख २०७८, ०७ : २६
4 Shares


बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० बेडको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएकाे छ ।कोरोनाको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या अत्याधिक बढेपछि सहरका अस्पतालमा बेड अभाव भएपछि अभाव टार्न उपमहानगरपालिकाले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएकाे हाे ।

भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगञ्जको रामलीला मैदानमा रहेकाे तालिम केन्द्रमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापा मगरले बताईन । उनले आइसोलेशन केन्द्र सञ्चालनमा आएपछि भेरी अस्पतालको चाप कम गर्न सहयोग पुग्ने बताइन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आइसोलेशन सञ्चालनमा आएसँगै बेड नपाएर छटपटाइरहेका बिरामीलाई राहात पुग्ने बताउँदै सङ्क्रमण समुदायस्तरमा फैलिसकेकाले यसको रोकथाम र नियन्त्रणका लागि आफूहरु दिनरात खटिरहेको बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।