ताजा अपडेट »

थप ५ हजार ७२७ बढीमा कोरोना संक्रमण, ३३ को मृत्यु

शुक्रबार, १७ बैशाख २०७८, १६ : ४१
6 Shares

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ३ लाख २३ हजार १८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ९ सय २८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८१ हजार ९५ पुगेको मन्त्रालयले जनाएको छ। आज थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २८९ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।