भारत-पाकिस्तान तनावले नेपालमा पेट्रोल अभाव हुन्छ ? यस्तो छ निगमको भनाई

काठमाडौं । नेपाल आयल निगमले भारत र पाकिस्तानबीच बढेको तनावले तत्काल इन्धनको समस्या नहुने जनाएको छ । निगमसँग पेट्रोल भण्डारण सात दिनसम्मका लागि र डिजेल १२ दिनसम्मका लागि रहेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।