ताजा अपडेट »

रुपन्देहीको एक पेट्रोल पम्पमा इन्धन भर्दै गर्दा ट्यांकरमा आगलागी

सोमबार, ३० चैत्र २०७७, १२ : ११
4 Shares


बुटवल । रुपन्देहीको गैडहवा गाउपालिका-७ स्थित नन्दनगरमा रहेको एक पेट्रोल पम्पमा गए राती करिब ८ बजेको समयमा आगलागी भएको छ। इलाका प्रहरी कार्यलय, सूर्यपुराका अनुसार गैडहवा-७ नन्दनगरमा रहेको आशिष पेट्रोल पम्पमा आयल निगमको ट्यांकरबाट पम्पमा आयल भर्दै गर्दा ट्यांकरको पाइप लिक भई ग्यांस उत्सर्जन हुदा आयल निगमाको ट्यांकरमा आगलागी भएको हो ।

निर्माणधिन समेत रहेको उक्त पेट्रोल पम्पमा आयल भर्दै गर्दा ट्यांकरमा एक्कासी आगलागी हुदा ट्यांकर र ट्यांकरमा रहेको आयल जलेर नष्ट भएको वडा नं. ७ का वडा अध्यक्ष गोबिन्द कोहांरले जानकारी दिएका छन। ट्यांकरमा आगलागी हुदा के कति क्षति भयो भन्ने बारेमा थप सर्जमिन हुन बाँकी भएको र आगलागी नियन्त्रण गर्न खोज्दा आशिष पेट्रोल पम्पका संचालक राजकुमार चौधरीको भाई हेमन्त चौधरी सख्त घाइते भएका छन भने निजको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको इलाका प्रहरी कार्यलय, सूर्यपुराले जानकारी दिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।