ताजा अपडेट »

रुपन्देही जिल्ला लिग फुटबल भोलीदेखि

शुक्रबार, ३१ जेठ २०७६, १२ : ०३
8 Shares

जेठ ३१, बुटवल । रुपन्देहीमा भोली शनिवारदेखि  जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुने भएको छ । कुञ्जलापुर खेल मैदान र जवई खेल मैदानमा असार १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देही जिल्लामा क्रियासिल २० वटा पुटवल क्लवको सहभागिता रहने जानकारी गराइएको छ।
भोली उदघाटन खेल कुञ्जलापुर खेल मैदानमा झरना र अमर ज्योति युवा क्लवका बीचमा खेल हुने रुपन्देही जिल्ला पुटवल संघका उपाध्यक्ष मुकेश कुवरले जानकारी दिए ।

पर्सीदेखि बिहान र अपरान्ह दैनिक ४ खेल हुनेगरी तालिका बनाइएको छ । प्रतियोगितामा उपाधि विजेताले नगद १ लाख ११ हजार, प्रमाणपत्र, मेडल तथा उपविजेताले नगद ५५ हजार, प्रमाणपत्र, मेडल प्राप्त गर्ने फुटवल संघका महासचिव तथा खेल संयोजक लोक पुनले जानकारी दिए । यसैगरि सेमीफाईनलमा पुग्ने दुई टिमले समेत नगद १०–१० हजार प्राप्त गर्नेछन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।