ताजा अपडेट »

मिष्टर एण्ड मिस पश्चिमाञ्चलको उपाधि सचिन र अमिसालाई

विहीबार, २६ चैत्र २०७७, १७ : २९
12 Shares

बुटवल । मिष्टर एण्ड मिस पश्चिमाञ्चल सिजन–४ को उपाधि सचिन के.सी. र अमिसा थापाले जितेका छन् । आर एनस्टाइलको आयोजनामा विगत २ महिनादेखि सञ्चालित प्रतियोगिताको फाइनलमा ८ जना पुरुष प्रतिष्पर्धीलाई पछि पार्दै सचिनले मिस्टर पश्चिमाञ्चल र ९ जना महिला प्रतिष्पर्धीलाई पछि पार्दै अमिसाले मिस पश्चिमाञ्चलको उपाधि जितेका हुन् । उपाधिसँगै उनीहरुले नगद रु.२५/२५ हजारसहित विभिन्न अवसर प्राप्त गर्ने आयोजक आर एन स्टाइलका निर्देशक तथा चर्चित कोरियोग्राफर सुजित बस्यालले बताए ।

बुधबार राति सम्पन्न फाइनल प्रतियोगितामा राजन बिक्रम बिष्ट क्षेत्री र निशा चौधरी फ्रस्ट रनर अप भएका छन् । त्यसैगरी स्वागत ज्ञवाली र प्रियंका मेहता सेकण्ड रनर अप भएका छन् भने विकास खत्री र विष्णु बिक थर्ड रनर अप भएका छन् । त्यस्तै विशाल कार्की र एलिशा डंगोरियाले भ्यूअर्स च्वाइसको उपाधि जितेका छन् । साथै प्रतियोगिहरुलाई अन्य १० विद्यामा पनि मूल्यांकन गरिएको थियो । उनीहरुलाई फाइनल प्रतियोगिताका निर्णायकहरुले क्राउन र ताज पहिराएर प्रमाण पत्र लगाएतले सम्मान गरेका थिए । सो समारोहमा आर एन स्टाइलले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेता,उपविजेता लगाएतलाई सम्मान गरिएको थियो ।

आर एन स्टाइलका प्रबन्ध निर्देशक रेशम न्यौपानेले सौन्दर्य प्रतियोगितालाई व्यवस्थित गुणस्तरीय बनाउँदै निरन्तर त्यस्ता प्रतियोगिता आयोजना गर्ने उद्देश्यले स्थापित आरएन स्टाइलले सन् २०१६ देखि प्रतियोगिता आयोजना गरेको बताए । यस अगाडि ३ वटा संस्करण सम्पन्न भइसकेको र ती प्रतियोगिताहरु जस्तै सिजन ४ पनि सभ्य र भव्यताका साथ सम्पन्न भएको उनले दावी गरे । नेपालगञ्ज, कोहलपुर, कपिलबस्तु, रुपन्देही ,धरान लगाएत विभिन्न क्षेत्रबाट सहभागिता रहेको प्रतियोगितामा पछिल्लो समयका व्यस्त तथा सफल कोरियोग्राफर बस्यालले कोरियोग्राफरको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगिताको अवधीमा प्रतियोगीहरुलाई विभिन्न किसिमका प्रशिक्षणहरु गराइनुका साथै विभिन्न क्षेत्रको अवलोकन गराइएको आयोजक आरएन स्टाइलका प्रबन्ध निर्देशक रेशम न्यौपानेले जनाए । प्रतियोगिताको ग्राण्ड फिनालेमा माइती नेपाल भैरहवाकी प्रमुख माया के.सी.को प्रमुख आतिथि,मिस नेपाल अर्थ-२०१८ प्रिया सिग्देलको मुख्य निर्णायक र रेशम न्यौपानेको सञ्चालन रेहको थियो ।

https://www.globalaawaj.com/archives/94370
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।