ताजा अपडेट »

बुटवलका पर्यटकीय क्षेत्रहरुको प्रचारका लागि साइक्लिङ

शुक्रबार, २० चैत्र २०७७, ११ : ४३
6 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यका साथ साईकल र्यालि गरिएको गरिएको छ । ‘स्वस्थ्यका लागि साईकल, पर्यटन पर्वद्घनका लागि साईकल’-नारासहित कालिकानगरस्थित कालिका मन्दिरबाट शुरु भएको र्यालि निलकण्ठ बाबाधाम, हिलपार्क, ट्राफिक चोक, गोलपार्क, दुर्गा मन्दिर, जल बिनायक मन्दिर, निमचोक, फुलबारी, झोलुंगे पुलहुँदै देविनगर पुगेर समापन गरिएको थियो ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको १० औ स्थापना दिवसको अवसरमा साइक्लिङको एक समारोहका बीच लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बर विक, क्लबका अध्यक्ष गोपाल ज्ञवाली, वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, जिल्ला साइक्लिङ संघका सल्लाहकार जाकिर हुसैनले संयुक्त रुपमा टिसर्ट लन्च गरेका थिए ।

प्रमुख प्रहरी उपरिक्षक विकले शहरी क्षेत्रमा साइक्लिङको आकर्षण बढेको बताए । मानव स्वस्थ्यसंगै पर्यावरण जोगाउन साइक्लिङ महत्वपूर्ण हुनेभन्दै युवाहरुको साइकल अभियान धेरै उपयुक्त भएको बताए । बुटवल साइक्लिङ क्लबका उत्तम श्रेष्ठ, बुटवल साइकल ग्रुपका अध्यक्ष शिव चौधरी, ह्याप्पीका उपाध्यक्ष किरण श्रेष्ठ, तिनाउका अध्यक्ष अर्जुन गुरुङ र बुटवल साइकल सिटिका अध्यक्ष बिनोद जंग कार्कीले सबैहरुको साथ र सहयोगमा अभियान सफल भएको बताए । कार्यक्रममा विभिन्न क्लबका ६० जना साईक्लिष्टहरु सहभागी भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।