ताजा अपडेट »

देवदहमा युवकको हत्या

आइतबार, २६ जेठ २०७६, १२ : ५४
4 Shares

जेठ २६, बुटवल । रुपन्देहीको देवदहमा  एक युवकको हत्या भएको छ । देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापाको गएराति हत्या भएको हो । कुटपिटबाट गम्भीर थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दि ए ।


थापालाई आफनै साथीभाइले कुटपिट गरेको आशंका गरीएको छ । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका थापाको निधार र छातीमा निलडाम भेटिएको थियो  । प्रहरीले थापाको हत्यामा संलग्नको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय, बुटवल ल्याइसकिएको छ ।


देवदह क्षेत्रमा यसअघि पनि युवासंघ, रुपन्देही अध्यक्ष दुर्गा तिवारी, युवा संघका कार्यकर्ता बलु पौडेल र तरुण दलका कार्यकर्ता अनिस पुरीको कुटपिट गरी हत्या भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।