९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

नयाँदिल्ली । भारतका राष्ट्रपति रामनाथ कोविन्द शुक्रबार अस्पताल भर्ना भएका छन् । छातीमा सामान्य समस्या महसुस गरेपछि उनलाई नयाँ दिल्लीस्थित सैनिक अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । अस्पतालले उनको अवस्था सामान्य र स्थिर नै रहेको जनाएको छ । “राष्ट्रपति कोविन्द अस्पताल आएका, उनले आज विहान छातीमा असजिलो महसुस गरेपछि उनलाई अस्पताल ल्याइएको हो,” अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

राष्ट्रपति कोविन्द अझै पनि चिकित्सकहरुको निगरानीमै रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि बङ्लादेश गएकै दिन राष्ट्रपति कोविन्द अस्पताल भर्ना भएका हुन् । विदेश भ्रमणमा रहेपनि प्रधानमन्त्री मोदीले राष्ट्रपतिको स्वास्थ्य अवस्थाका बारेमा चासो राखेका थिए । उनले राष्ट्रपतिका छोरासँग उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । प्रधानमन्त्री मोदीले राष्ट्रपतिका छोरासँग उनको अवस्थाका बारेमा कुराकानी गरेको प्रधानमन्त्री कार्यालयले पनि पुष्टि गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राजेन्द्र लिङ्देनकाे प्रस्ताव- संघ र स्थानीय सरकार बलियाे पाराैं, प्रदेश खारेज गराैं नेपालको आयात र निर्यात दुवै घट्यो, दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब सर्वोच्चले राष्ट्रपतिसँग माग्यो लिखित जवाफः विधेयक किन प्रमाणीकरण नगरेको ? अर्थमन्त्री शर्मा भन्छन्- कर्णालीकाे विकासमा कृर्षिकाे भूमिका महत्वपूर्ण छ जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३५ जना पक्राउ सिद्धार्थ बैंकको दसैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा शालनालसहित शिशुको शव भेटियो भरतलाई भाग्यको साथ: बज्रपातमा ३५ करोडको चिट्ठा बढ्यो भीड, बढेन व्यापार जिप चलाउँदै गरेका चालकलाई बोलाएर कुटपिट घट्यो सुनचाँदीको मूल्य डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छः सिंह केन्द्रीय बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु दसैँमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभाव हुन दिन्नौँ: खाद्य कम्पनी डलरको भाउ हालसम्मकै उच्च एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली सकियो सोह्र श्राद्ध, पितृ विसर्जन गरिँदै