ताजा अपडेट »

माधव-झलनाथ समूह ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने

शुक्रबार, १३ चैत्र २०७७, १४ : २७
6 Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल– झलनाथ खनाल पक्ष संसदीय दलको बैठकमा जाने भएको छ ।प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठक बोलाएका छन् ।

त्यसअघि कलंकीमा बसेको नेपाल पक्षको केन्द्रिय कमिटी बैठकले संसदीय दलको बैठकमा पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।