ताजा अपडेट »

राजनीतिमा कालो बादल, बिस्फोट हुँदै : नेता खाँण

शुक्रबार, १३ चैत्र २०७७, १२ : ११
4 Shares

बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा प्रतिनिधि सभाका संसद बालकृष्ण खाँणले मुलुकको राष्ट्रिय राजनीतिमा कालो बादल मडारियको बताएका छन् । जनताले अपेक्षा गरेको भन्दा धेरै फरक अवस्था रहेको बताउँदै उनले राजनीतिमा देखियोको अनपेक्षित अवस्था बिस्फोट हुनसक्ने आंकलन पनि गरे । उनले भने, नेपालको राजनीतिमा अहिले कालो बादल मडारियको छ ।

जनताले अपेक्षा गरेको भन्दा धेरै फरक अवस्था छ । यो बिस्फोट हुनपनी सक्छ । राज्य टेलिभिजन बुटवलले आयोजना गरेको मानव अधिकारको प्रवर्द्धन र लोकतन्त्रको सबलीकरणमा मिडियाको भूमिका एवम् बधाई कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले जनताको अधिकार र संविधान रक्षा सरकारको पहिलो दायित्वबाट सरकार चुकेको बताए । राणा तथा प्राचीन कालका शासकले पनि जनताको जीवन रक्षाका लागि जिम्मेवार हुने गरेको तर लोकतान्त्रिक प्रणालीमा पनि वर्तमान सरकार जनता र संविधानप्रती उत्तरदायी नरहेको बताए ।

नेता खाँणले संविधान र लोकतान्त्रिक पद्धतिको रक्षाको लागि नेपाली कांग्रेस तत्पर रहने बताउँदै आगामी नेतृत्व नेपाली कांग्रेसले लिने बताए । कांग्रेस लामो समयसम्म मौन रहेपनि अब भने नेतृत्वको लागि अगाडि बढ्ने र त्यसको लागि संविधान र लोकतन्त्रको रक्षा गर्ने दलसँग सहकार्य गर्ने उनले बताए ।

टेलिभिजनका अध्यक्ष एवम् मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालको अध्यक्षता,नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्रा. डा. बुद्ध बहादुर थापा, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष बिनोद पहाडी, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम , टिभिका सञ्चालक डाःविनोद पराजुली लगाएतले बोल्दै मानव अधिकारको प्रवद्र्धन र सबलीकरणमा मिडियाको महत्पूर्ण भूमिका तथा जिम्मेवारी रहने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।