१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

सप्तरी । बुवा र छोरा नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका फरार आरोपितमध्ये बिहिबार एक अभियुक्त पक्राउ परेका छन् । सामूहिक बलात्कारको घटनाका चार आरोपितमध्ये तिलाठी कोइलाडी गाउँपालिका–५ का विकु मुखियाका छोरा श्यामा मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फैसला कार्यान्वयनलाई अभियानका रुपमा लिएको प्रहरीले खोजतलाश गर्ने क्रममा बिहिबार घरबाटै मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । जिल्लामा पहिलो पटक बुवा, छोरा र ज्वाइँसमेत संलग्न सामूहिक बलात्कारको घटना भएको १३ वर्षपछि आरोपितमध्येका श्यामा पक्राउ परेका हुन् ।

घटना २०६४ असोज ९ गते दिउँसो तिलाठी कोइलाडी-५ को बर्साइनस्थित घना काँसघारीमा भएको हो । आरोपित सोही ठाउँका विकु मुखिया, उनका छोरा डोमा भनिने डोमी र श्यामा मुखिया तथा ज्वाइँ तिलाठी कोइलाडी–३ का लोकेन्द्र भनिने जोगेन्द्र मुखियालाई जनही १३ वर्ष कैद सजायको फैसला भएको छ ।गाउँका आठदेखि १२ वर्षका छ बालबालिका भैसी चराउन कोशी टप्पु कटैया पलार गएका बेला घटना भएको पीडितकी आमाले बताईन् । पीडितकी आमाका अनुसार आरोपितले अन्य बालकलाई हतियार देखाई कुटपिट गरेपछि डोरीले बाँधेका थिए । होहल्ला गरे ज्यान मार्ने धम्की दिँदै काँसघारीमा लगेर आरोपितले सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०६४ असोज १० गते उजुरी दिएका थिए ।

जिल्ला अदालतमा अभियोग पत्र दायर भएकामा तत्कालीन जिल्ला न्यायाधिश श्रीप्रसाद सञ्जेलको इजलाशले २०७५ असार ५ गते सामूहिक बलात्कार गरेको अभियोगमा आरोपित चारै जनालाई जनही १३ वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालतका तहसिलदार दिनेश सुवेदीले जानकारी दिए । पीडित पक्षले उच्च अदालत जनकपुर राजविराज इजलाशमा दिएको पुनरावेदनपछि न्यायाधीशद्वय भानुभक्त शर्मा न्यौपाने र दीपेन्द्र अधिकारीको इजलाशले जनही १३ वर्ष कैदसँगै क्षतिपूर्तिवापत जनही रु २० हजारका दरले भराई पाउने ठहर गरेको थियो । आरोपितमध्ये श्यामका दाजु डोमा भनिने डोमीको मृत्यु भएकाले सजाय माफी भएको र अन्य फरार रहेको जिल्ला अदालतका तहसिलदार सुबेदीले बताए । अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार जोर-विजोर प्रणालीले झन् सास्ती