ताजा अपडेट »

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

सोमबार, ०२ चैत्र २०७७, १७ : ०५
4 Shares

काठमाडौैं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ।

नेकपाको विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकनमा जाने, संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने निर्णय भएकोले बैठक स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले बताए।

आज पेरिसडाँडामा बसेको बैठकमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।