ताजा अपडेट »

डा.केसीको स्वास्थ्य अवस्था गम्भिर

शनिबार, ०५ माघ २०७५, ०९ : १६
2 Shares

माघ ५ ,

काठमाडाैं । चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ दिनदेखि अनशनमा रहेका प्राध्यापक डाक्डर गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले गठन गरेको ९ सदस्यीय टोलीले डा. केसीको स्वास्थ्य जाँच गर्दा उनको छातीमा संक्रमण भएको पाइएपछि एन्टिबायोटिक चलाइएको उनको उपचारमा संलग्न डा. प्रमेश आचार्यले बताए ।

यस्तै, डा. केसीको मांसपेसी बाउँडिने, रगतमा अक्सिजनको मात्रा कम रहेको, रक्तचाप पनि घटेको, रगतमा सुगर र फस्फोरससमेत कम हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । सरकारले आफूसँग गरेको सहमति अनुरुप  चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै डा. केसीले इलाममा गएर १६ अों अनसन सुरु गरेका  हुन् ।

तर, स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विहिबार राति नै उनलाई सेनाको विशेष हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । यसैबीच सरकारले विगतमा गरेका सहमतिअनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्नेलगायतका माग राखेर आमरण अनशनमा बसेका डा. केसीको समर्थनमा आज राजधानीको माईतीघर मण्डलामा प्रदर्शन हुने भएको छ । सोलिडारिटी फर डा. केसी एलाईन्स्को अगुवाईमा डा. केसीको समर्थनमा ऐक्यवद्धता हुन लागेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।