ताजा अपडेट »

‘मिस डायमण्ड नेपाल –२०२१’ को उपाधि सरोज न्यौपानेलाई

शनिबार, १५ फागुन २०७७, २२ : ३९
4 Shares

बुटवल । मिस डायमण्ड नेपाल –२०२१ को उपाधि सरोज न्यौपानेले जितेकी छन् । शनिबार सम्पन्न फाइनलमा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् । उपाधिसँगै उनले नगद रु २० हजार लगाएत विभिन्न मायाको चिनोहरु प्राप्त गरेकी छन् । त्यसैगरी जिज्ञासा चौधरी उपविजेता,मिस रेन्बो बन्न सफल भएकी छन् । उनले उपाधिसँगै नगद रु १५ हजार र मायाको चिनो प्राप्त गरेकी छन् ।

त्यस्तै रिजन मगर मिस क्रिष्टल र सायरा गुरुङ मिस एम्बेसडर बन्न सफल भएकी छन् । उनीहरुले उपाधिसँगै क्रमशः नगद रु १०-१० हजार र मायाको चिनो प्राप्त गरेका छन् । प्रतियोगितामा मुस्कान क्षेत्री अर्गानाइजर च्वाइस , मिस देवा बन्न सफल भएकी छन् । ‘सिंगल बट स्ट्रङ्ग’ अर्थात् एकल तर, सशक्त भन्ने मूल नारासहति साहसी कदम नेपालको आयोजना,तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा विभिन्न चरणमा उत्कृष्ट प्रस्तुती र सोधिएका प्रश्नको उत्कृष्ट जवाफ दिई न्यौपाने विजेता बन्न सफल भएकी हुन् ।

प्रतियोगितामा रुपन्देही,नवलपरासी,कपिलबस्तु ,चितवन,तनहुँ,दाङ्ग, झापा लगाएतका जिल्लाका समलिङ्गी तथा तेस्रोलिङ्गीहरुको सहभागिता रहेको प्रतियोगिताकी संयोजक अनु अनमोलले बताइन् । प्रतियोगितामा साहसी कदम नेपालका सचिव तथा पूर्व मिस डायमण्ड नेपाल रेशम न्यौपाने ( रेष्मा डार्लिङले ) बताए । प्रतियोगितामा रेखा थापाले सिनियर इभेण्ट अर्गनाइजर र मदन नेपालीले डान्स कोरियोग्राफरको भूमिका निर्वाह गरेका थिए ।

तिलोत्तमा स्थित मणिग्राम पार्टी प्यालेसमा सम्पन्न ग्राण्ड फिनाले साहसी कदम, नेपालकी अध्यक्ष आनिक राना , तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यता र सञ्चारकर्मी सुमन श्रेष्ठको सञ्चालनमा भएको थियो । फिनालेमा नगर उपप्रमुख जागेश्वरी चौधरी , वातावरण तथा सरसफाई समितिका सदस्य नेत्रलाल बन, वार्ड नं.५ की जनप्रतिनिधि अरुणा राना ,सामाजिक विकास मनत्रालय सामाजिक विकास शाखाकी शारदा बस्याल लगाएतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको फिनालेमा ब्लू डायमण्ड सोसाइटीकी सभापति पिंकी गुरुङ,पत्रकारद्वय निरु गौतम र कपिल ज्ञवाली, डाक्टर शक्ति बस्नेत,मधु ज्ञवाली,हेमा न्यौपाने र रिंकु वाग्लेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

https://www.globalaawaj.com/archives/83587
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।