१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

भरतपुर । चितवनको रामपुरमा रहेको इलाका हुलाक कार्यालयको भवन मर्मतसम्भार नहुँदा जीर्ण बनेको छ । विसं २०३१ देखि २०४१ सम्म सञ्चालित एआइडी परियोजनाका बेला निर्माण गरिएको भवन जीर्ण बनेको हो । जीर्ण भवनमा सेवा प्रवाहमा समस्या हुनुका साथै जोखिम बढ्दैै गएको छ ।

Advertisement

कार्यालयका निमित्त प्रमुख ओमबहादुर भुजेल भवन निकै जीर्ण भएकाले त्रासमा काम गर्नुपरेको बताए । विसं २०६६ देखि सोही कार्यालयमा कार्यरत उनले उक्त भवनलाई २०७२ को भूकम्पले थप क्षति पुर्याएको बताए । “भवनका भित्ता पनि चर्किसकेको र बालुवा झर्ने गरेको छ”, उनले भने, “पानी पर्दा चुहिने र कागजपत्र भिज्ने गरेको छ ।”

हुलाक रहेको भवन र जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालयको हो । भवन मर्मत हुन नसक्नुमा विश्वविद्यालयको स्वामित्व नै प्रमुख कारण भएको भुजेलको भनाइ छ । अरुको भवन भएकाले मर्मतका लागि हुुलाक विभागले बजेट नदिएकाले भवन मर्मत हुन नसकेको उनले बताए । “हामीले जिल्ला हुलाक कार्याललाई आग्रह गर्छौँ, जिल्ला हुलाकले विभागले बजेट दिएको छैन भन्छ”, उनले भने । विश्वविद्यालयले कुनै चासो नदिएको उनले बताए । यसअघिका प्रमुखहरुले सबै निकायसँग पटकपटक आग्रह गरेको भए पनि कतैबाट सहयोग नभएको उनले दुखेसो पोखे ।

कार्यालयमा निमित्त प्रमुख भुजेल स्थायी कर्मचारी हुन भने अन्य दुई करारमा कार्यरत छन् । पहिलेको तुलनामा चिठ्ठीपत्र पनि कम आउने गरेको भुजेलले जानकारी दिए । “व्यक्तिगत चिठ्ठीहरु आएका छैनन् तर सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शैक्षिक कार्यालयलगायत अन्य सङ्घसंस्थाका चिठ्ठीपत्र भने आइरहेका छन्”, उनले भने “बैंकबाट ऋण लिनेहरु बढ्दै गएकाले हुलाक कार्यालयमा बैंकबाट आउने चिठ्ठीपत्र बढ्दै गएका छन् ।” कर्मचारीको सङ्ख्यामा पनि कमी हुँदै गएकाले विगतका दिनभन्दा कार्यालयमा कर्मचारीको काम बढेको उनले बताए ।

जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख इमनाथ कँडेलले हुलाक विभागमा उक्त भवन मर्मतका लागि बजेट मागिएको जानकारी दिए । बजेट आएपछि मर्मत गरिने उनको भनाइ छ । यदि बजेट नआएमा र भवनमा बस्न समस्या भएमा हुलाक कार्यालयलाई भाडाको भवनमा सार्ने योजना बनाएको उनले जानकारी दिए । कृषि तथा वन विज्ञान विश्वविद्यालयका कामु उपप्रशासक दिनेश अधिकारीले विश्वविद्यालयमा नै हुलाक कार्यालय चाहिएर स्थापना गरिएको बताउँदै कार्यालय अहिले पनि विश्वविद्यालयलाई अपरिहार्य भएकाले सहयोग गरिने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड