ताजा अपडेट »

चौथो कञ्चन प्रतिभा सप्ताह : ९ स्वर्णसहित प्रगति प्रथम

मंगलबार, ११ फागुन २०७७, १० : ३६
4 Shares

कञ्चन । चौथो कञ्चन प्रतिभा सप्ताह तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको उपाधि प्रगति नमुना माध्यमिक विद्यालय, कञ्चन–१,बेलभरियाले हात पारेको छ । गत फागुन ७ गतेदेखि कञ्चनका संस्थागत र सामुदायिक गरि ३० बिधालयका ५ सय छात्र/छात्त्राहरुले बाह्य र आन्तरिक अन्तर्गत प्राविधिक र साहित्यिक गरी १ सय ८६ पदकका लागि भएको प्रतिस्पर्धामा प्रगति नमुना माध्यमिक विद्यालयले ९ स्वर्ण १ रजत र ८ कास्य गरि पदक सहित प्रथम भएको हो ।

माध्यमिक विद्यालय तर्फ प्रगती नमुना माध्यमिक विद्यालयले ९ ईभेन्ट्सहरुमा ९ स्वर्ण पदक प्राप्त गरि प्रथम भएको हो भने हरैया माध्यमिक विद्यालय, कञ्चन–३ हरैयाले ६ स्वर्ण १२ रजत सहित १८ पदक प्राप्त गरि दोश्रो भएको छ । यसैगरी ६ स्वर्ण ५ रजत र ६ कास्य पदक हासिल गरि बुद्धदीप आवासिय अंग्रेजी विद्यालय, कञ्चन–५ गरगरे तेश्रो भएको छ ।

आधारभुत विद्यालय तर्फ बुद्धदीप अंग्रेजी आवासिय विद्यालयले २ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित प्रथम भएको छ भने मोर्डन भिजन एकेडेमी कञ्चन–३ हरैया २ स्वर्ण र ३ रजत पदक सहित दोश्रो भएको सचिवालय संयोजक लिलाधर शर्माले जानकारी दिए । यस्तै तृतिय स्थान भने मलावरदेबी माध्यमिक विद्यालय र हरैया माध्यमिक विद्यालय २/२ स्वर्ण र १/१ रजत पदक सहित हात पारेका छन ।

हिमालय आधारभुत विद्यालय, कञ्चन–४ दियोको खेलमैदानमा ‘हामि सबैको प्रण, सार्बजनिक शिक्षा प्रणालीको सबलिकरण’ भन्ने मुल नारा सहित संचालित चौथो कञ्चन प्रतिभा सप्ताह तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा माध्यमिक र आधारभुत विद्यालयका छात्र/छात्रा भलिबल, कबड्डी, रिले दौड, हाईजम्प, लङ्गजम्प, ट्रिपल जम्प, ३ हजार, १५ सय, ८ सय,४ सय र २ सय दौड, साहित्य तर्फ कबिता लेखन, निबन्ध, नेपाली र अंग्रेजी हिज्जे, हाजिरी जवाफ लगायत ६२ ईभेन्ट्सहरुमा विद्यार्थीहरु बीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिभा सप्ताहको समापन गर्दै कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले खेलकुदको माध्यमबाट विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायमा अनुशासन, एकता, समन्वय र आपसी सहयोगी भावनाको बिकास गरी समृद्ध कञ्चनको सकारात्मक सन्देश दिन सकिने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।