ताजा अपडेट »

‘मिस डायमण्ड नेपाल –२०२१’ को फाइनलमा १३ जना प्रतिष्पर्धा गर्दै

शनिबार, ०८ फागुन २०७७, २१ : ४३
6 Shares

बुटवल । मिस डायमण्ड नेपाल –२०२१ को फाइनलमा १३ जना प्रतिष्पर्धा गर्दैछन् । साहसी कदम नेपालको आयोजना,तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उत्कृष्ट प्रतिष्पर्धीहरु बीच प्रतिष्पर्धा सहित विजेताका लागि आगामी १५ गते फाइनल हुँदैछ । प्रतियोगिताको फाइनल बारे एक समारोहका बीच शनिबार तिलोत्तमा स्थित होटल मदानीम जानकारी गराइएको हो ।

‘सिंगल बट स्ट्रङ्ग’ अर्थात् एकल तर, सशक्त भन्न मूल नारासहति आयोजित प्रतियोगितामा विभिन्न जिल्लाका समलिङ्गी तथा तेस्रोलिङ्गीहरुको सहभागिता रहेको प्रतियोगिताकी संयोजक अनु अनमोलले बताइन् । प्रतियोगितामा रुपन्देही,नवलपरासी,कपिलबस्तु ,चितवन,तनहुँ,दाङ्ग, झापा लगाएतका जिल्लाहरुबाट १३जनाले प्रतिष्पर्धा गर्दैछन् । ८ दिन पछि हुने फाइनल प्रतियोगिताका लागि उनीहरु प्रशिक्षणमा रहने साहसी कदमका सचिव तथा पूर्व मिस डायमण्ड नेपाल रेशम न्यौपाने ( रेष्मा डार्लिङले ) बताए । प्रतियोगितामा रेखा थापाले सिनियर इभेण्ट अर्गनाइजर र मदन नेपालीले डान्स कोरियोग्राफरको भूमिका निर्वाह गर्ने न्यौपानेले बताए ।

संस्थाकी अध्यक्ष आनिक रानाको अध्यक्षता तथा शारीरिक रुपमा कमजोर तथा साहसी कदमले सहयोग गरेकी अम्बिका भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागीका तर्फबाट सायरा गुरुङ, सरोज न्यौपाने लगाएतले आफ्ना संघर्षका अनुभव राखेका थिए । समलिङ्गी तथा तेस्रोलिङ्गीहरुलाई समाजले हेर्ने फरक दृष्टिकोणलाई परिपर्तन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताउँदै अध्यक्ष रानाले प्रतियोगिताबाट संकलित रकमले एचआइभि संक्रमित बालबालिकाहरुलाई सहयोग गर्ने बताइन् ।

प्रतियोगिताको उपाधि विजेताले मिस डायमण्ड नेपालको उपाधिसँगै नगद रु २० हजार लगाएत विभिन्न मायाको चिनोहरु प्राप्त गर्ने उनले बताइन् । त्यसैगरी उपविजेताले मिस रेन्बो नेपालको उपाधिसँगै नगद १५ हजार लगाएत विभिन्न उपहार र तृतिय हुनेले मिस क्रिष्टल नेपालको उपाधिसँगै नगद १० हजार लगाएत विभिन्न मायाको चिनो प्राप्त गर्नेछन् । प्रतिायेगितामा दर्जन बढी विभिन्न उपाधिहरु पनि रहेका छन् । उपाधिसँगै उनीहरुले नगद रु २ हजार पनि प्राप्त गर्नेछन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।