ताजा अपडेट »

सैनामैना मेयर कप फुटबलको उपाधि खनाल ब्रदर्शलाई

बुधबार, ०५ फागुन २०७७, १८ : ०२
4 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा जारी तेस्रो मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि खनाल ब्रदर्शले जितेको छ । बुधबार सम्पन्न फाइनल प्रतियोगितामा फर्साटिकर फुटबल क्लबलाई पराजित गर्दै खनाल ब्रदर्शले उपाधि हात पारेको हो ।

सैनामैना नगरपालिकाको आयोजना तथा स्थानीय जनप्रिय युवा क्लबको व्यवस्थापनमा भएको प्रतियोगिताको फाइनल खेलमा फर्साटिकर युवा क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै खनाल ब्रदर्शले उपाधिसहित नगद नगद २ लाख २२ हजार २२२ रुपैयाँ कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलको सुरुमै एक गोलले पछि परेको खनाल पहिलो हाफमै गोल गरी बराबरीमा रोकेको थियो ।

खेलको पहिलो गोल फर्साटिकरका विदेशी खेलाडी फोफोना फेडोले गरेका थिए भने खनाल ब्रदर्शका कान्छा गुरुङले जवाफी गोल गरेका थिए । निकै प्रतिष्पर्धा रहेको दोस्रो हाफको अन्त्यमा खनाल ब्रदर्शका कान्छा गुरुङको दोस्रो गोल नै निर्णायक गोल बनेको थियो ।

फाइनलको खेलको हारसँगै उपविजेता बनेको फर्साटिकर युवा क्लबले १ लाख ११ हजार १११ रुपैयाँमा चित्त बुझाएको छ । विजेता,उपविजेताहरुलाई सैनामैना नगरपालिका चित्र बहादुर कार्की , उपमेयर बिना रानाले सम्मानसहित पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा विजेता समूह खनाल ब्रदर्शका बिमल रानाले सवोत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरे । उपाधिसँगै उनले माउण्टेन बाइसाइकल प्राप्त गरेका छन् । त्यसैगरी २ गोल गरेका खनाल ब्रदर्शकै कान्छा गुरुङ म्यान अफ दि म्याच भए । उनले नगद ५ हजार प्राप्त गरे ।

प्रतियोगितामा खनाल ब्रदर्शका सुरज विष्ट बेष्ट डिफेण्डर, टिकाराज गुरुङ बेष्ट फर्वाड,देवेन्द्र थापा बेष्ट किप्पर, बन्न सफल भए त्यसैगरी उपविजेता फर्साटिकरका रुपक लामा बेष्ट मिडफिल्डर,फोफोना फेडो सर्वाधिक गोलकर्ता,विकास गुरुङले बेष्ट कोचको उपाधि प्राप्त गरेका छन् ।

उनीहरुले नगद ५/५ हजार सहित मायाको चिनो र इन्टेक मोबाइल प्राप्त गरेको क्लबका प्रेस सल्लाहकार दिपक न्यौपानेले बताए । गत माघ २४ गतेदेखि जारी प्रतियोगितामा विभिन्न जिल्लाका १२ समूहको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको समापन समारोहमा प्रतिायोगितालाई सफल बनाउन सहयोग गर्ने प्रायोजक,संघसंस्था ,सञ्चारकर्मी लगाएत विभिन्न संघसंस्था तथा व्यक्तित्वहरुलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको व्यवस्थापक क्लबका अध्यक्ष किशोर रानाले बताए ।


https://www.globalaawaj.com/archives/82675
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।