ताजा अपडेट »

बुटवल उपमहानगरको ६२ औं स्थापना दिवस : विभिन्न प्रतियोगिता

आइतबार, ०२ फागुन २०७७, १७ : ०७
4 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाको ६२ औं स्थापना दिवसो अवसरमा कर्मचारीहरु बीच आज विभिन्न प्रतियोगिताहरु भएका छन् । मेयर शिवराज सुवेदीको समुद्घाटन गरेको कार्यक्रमको पहिलो दिन आज पुरुषहरुमा सटफुट र उपमहानगरका विभिन्न उपशाखाहरु बीच भलिबल प्रतियोगिता भएको हो ।

नगर खेलकुमद बिकास समितीका अध्यक्ष नन्दु काउचाको अध्यक्षमा भएको कार्यक्रम अन्तरगत पुरुष सटफुट प्रतियोगितामा दिपक खत्री प्रथम, प्रकाश बिक दोश्रो र खेमानन्द दुवे तेश्रो भएका छन् । यसैगरी पुरुष घैटोफोरमा कमल पुरी बिजेता बनेका छन् । उपमहानगरपालिकाका बिभिन्न महाशाखाहरु र जनप्रतिनिधि बीचको भलिबलमा बृत व्यवस्थापन महाशाखा विजयी भएको छ । यसैगरी महिला जनप्रतिनिधि र महिला कर्मचारी बीच भएको भलिबल प्रतियोगितामा महिला जनप्रतिनिधिहरुको टोली बिजयी भएको छ । दिवसको अवसरमा भोलि फागुन ३ गते बुटवलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

महिला घैटाे फाेर बिजेता कल्पना भट्टराई र महिला म्युजिकल चियरमा सुश्मा बश्यालले जितेकि थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।