ताजा अपडेट »

बृहस्पती शुत्र अर्थात् बार्हस्पत्य राजार्थशास्त्रको परिचर्चा

विहीबार, २९ माघ २०७७, २१ : ४८
16 Shares

सर्वेभवन्तु सुखिन : सर्वेसन्तु निरामया भन्ने विश्व प्रसिद्ध भनाईको प्रतिपादक पूर्विय अर्थ–दर्शनका विख्यात विश्लेषक आर्चाय बृहस्पतीद्वारा लेखिएको पुस्तक र उनका विविध विचारलाई संस्कृत्त भाषा बाट नेपालीमा अनुवाद गरि भर्खर मात्र प्रकाशित गरिएको कृति बार्हस्पत्य राजार्थशास्त्र हो ।

नेपाली प्राज्ञिक क्षेत्रमा सुपरिचित प्रा.डा.बाबुराम ज्ञवालीद्वारा लेखिएको यस बृहस्पती शुत्र नामक पुस्तक पूर्वीय अर्थशास्त्रमा रुची र अनुसन्धान गर्ने सिकारु , अनुसन्धानकर्ताका लागि एक सञ्जिवनी हो । यस पुस्तकमा रहेका हरेक अध्ययनहरुले पूर्वीय विचारका आर्थिक तथा राजनैतिक पक्षमा गहन अध्ययन गर्न चाहनका लागि एउटा पूर्ण दस्तावेजका रुपमा काम गर्नेमा कुनै शङ्का छैन ।

चार दशक भन्दा बढिको शिक्षण अनुभव रहेको प्रा.डा.बाबुराम ज्ञवालीले विश्वविद्यालयको पाठ्यक्रममा आधारित रहेर मात्रै आफ्नो कर्मलाई अगाडि बढाउनु भएको छैन । पछिल्लो समयमा नेपाली प्राज्ञिक क्षेत्रमा कौटिल्यका उपनामले समेत देश विदेशमा चर्चा बटुन्नु भएका ज्ञवालीका राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा थुप्रै अनुसन्धानमुलक लेखहरु प्रकाशित भई सकेका छन् । प्रस्तुत पुस्तकमा लेखकले बढो मिहिनेतका साथ आधा दर्जन अध्ष्यायहरु समावेश गर्नु भएको छ । यस पुस्तकमा विशेषगरी अध्याय एकमा राजवृत्त निरुपणका बारेमा व्याख्या गरिएको छ । यसमा राज्य सञ्चालन गर्ने व्यक्ति र यसका सदस्यहरुको योग्यता क्षमता र तिनिहरुमा हुनु पर्ने राजकीय गुणका विषयमा सरल र सहज भाषाशैलिका माध्यमबाट व्याख्या गरिएको छ ।

यसमा राज्य सञ्चालन गर्ने व्यक्ति राजा पदाविबाट सम्मानित हुने र उसले राज्यका गतिविधिलाई सहज बनाउनका लागि मन्त्रीपरिषद् गठन गर्नु पर्ने बनाईएको छ । राज्य सञ्चालन गर्ने व्यक्तिमा काम, क्रोध, लोभ, मान, मद र हर्ष यी छ वटा दुर्गुण हुन नहुने र यस्तो भएमा ती देशका जनताले दुःख पाउने कुराको व्याख्या गरिएको छ । यस अध्ष्यायमा राज्य सञ्चालकले आफ्नो स्वार्थलाई कहिल्यै प्राथमिकतामा राख्न नहुने बताइएका छन् । राजा र मन्त्री तथा अन्य जिम्मेवार व्यक्तिले राज्यको धन सम्पत्तिमा गलत मनशाय राखेर कुनै पनि गतिविधि सञ्चालन गर्न नहुने बताईएको छ । साथै कुनै राज्य वा देशले आफ्नो छिमिकीलाई अनावश्यक दुःख कष्ट दिएर धन सम्पत्ति तथा शक्ति केन्द्रित गर्न नहुने कुरालाई लेखकले अत्यन्तै कलात्मक तवरबाट व्याख्या गर्नु भएको छ । सम्रगमा यस अध्याय राज्य सञ्चालकको मानसिक, मनोवैज्ञानिक स्वास्थ्य कस्तो रहन पर्दछ भन्नेमा केन्द्रिकृत्त गरि लेखिएको पाईन्छ ।

अध्याय दुईमा राज्यकर्तव्य रहेको छ । जसमा कस्तो व्यक्तिले राज्य सञ्चालन गर्न सक्दछ र जनताप्रति कसरी बफादार हुनु पर्दछ भन्ने कुरामा व्याख्या गरिनुका साथै कुनै पनि सञ्चालक जनतामा बढि लोकप्रिय हुनुको लागि राज्यबाट प्रदान गरिने विभिन्न सेवा, सुविधामा एकरुपता, विश्वसनियता र समानुपातिक व्यवहार  गर्न सक्नु पर्दछ, भन्ने व्याख्या गरिएको छ । अध्याय तीनमा व्यक्तिको आचरण, चरित्र तथा सबैको प्रिर्य पात्रका रुपमा स्थापित हुन आवश्यक पर्ने गुणका बारेमा सविस्तार  व्याख्या गरिएको छ ।

जुन व्यक्ति वा शासक हासेर नम्र भाषामा बोल्ने गर्दछ सफलता पनि सोही व्यक्तिले प्राप्त गर्ने कुरा आजका स.दिनमा पनि सान्र्दभिक तथा वस्तुपरक रुपमा व्याख्या गर्न सक्नुले लेखकको कलम कति ओझिलो छ भन्ने कुराको प्रमाणित गरेको छ । अध्याय चारमा सरल र सहज जीवन आपन गर्न अपनाउनु पर्ने उपायका बारेमा व्याख्या गरिएको छ । मानव जीवनलाई बहुआयामिक तवरबाट सफल बनाउको लागी तीन उपायहरु  मायाँ, उपेक्षा र वधको उचित व्यवस्थापन गर्न सक्नु पर्दछ । आफ्नो जीवनलाई सार्थक बनाउनको लागी चञ्चल मानिसहरुलाई मन, बचन, कर्म र साथ बाट टाढा राख्नु पर्ने कुरालाई नेपालीमा भाषमा आम पाठकलाई बुझाउँने तागत राख्नुले पनि यस कृति सबै प्रकारका लागी अनिवार्य पुस्तक हो ।अध्याय छ यस अध्यायमा राजाले देशको अर्थतन्त्र सम्बन्धि सम्पूर्ण निर्णय गर्दा आफ्ना सबै मन्त्रिहरुको सल्लाह लिनु पर्ने र सो नगरी गरिएको निर्णयले देश जनताको हित नगर्ने कुराको व्याख्या केन्द्रिकृत रहेको छ ।

अन्त्यमा बृहस्पति सूत्रमा समावेश गरि व्याख्या गरिएका सम्पूर्ण विषय वस्तु वर्तमान समयमा पनि व्यवहारिक तथा वैज्ञानिक विचारको एक महत्वपूर्ण संग्रह भएकोले र्आिर्थक विषय वस्तुमा ध्यान दिने सम्पूर्ण पाठकको लागी एक अनिवार्य पुस्तकका रुपमा यसलाई परिभाषित गर्न बाट चुकिएमा लेखक प्रतिको घोर अन्याय हुने भएकोले आम पाठकलाई एक पटक अध्ययन गर्न अनुरोध गर्दछु ।

https://www.globalaawaj.com/archives/65557
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।