February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

छतबाट खसेर मृत्यु

273

सांकेतिक तस्विर

मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टीप्यालेसको छतबाट खसेर आज बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिए । उनका अनुसार आज बिहान ६:१५ बजे पार्टीप्यालेसको पाँचौँ तलबाट खस्दा गम्भीर घाइते भएका यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक यादव क्विक–२० पार्टीप्यालेसमा सरसफाइको काम गर्दै आएका थिए । उक्त घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पछिल्लो अपडेट