ताजा अपडेट »

आधिकारिकता दाबी गर्न दाहाल-नेपाल निर्वाचन आयोगमा

मंगलबार, २० माघ २०७७, ११ : १०
6 Shares

बुटवल । प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेको छ । पार्टी आधिकारिकता दाबीको पत्र बोकेर प्रचण्ड–नेपाल समूहका नेताहरु आज विहान आयोगको कान्तिपथस्थित कार्यालय पुगेका हुन् ।

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरु, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाललगायतका नेताहरु आयोग पुगेका हुन् । यसअघि, सोमबार बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित छ । निर्वाचन आयोगले आधिकारिकता दाबीका लागि दुवै समूह प्रक्रियागत रूपमा नआएको बताउँदै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।