७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

सिद्धार्थनगर । लुम्बिनीको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकारले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लुम्बिनीको अध्ययन भ्रमण पश्चात् मुलुकका सातै प्रदेशका मन्त्री, सचिवले उक्त प्रतिबद्धता व्यक्त गरेको हो ।

सातै प्रदेशका मन्त्री, सचिव तथा महान्याधिवक्तालाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले स्वागत गर्दै बुद्धजन्मस्थल लुम्बिनीका बारेमा बताएका थिए । लुम्बिनी प्रदेशका आन्तारिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, गण्डकी प्रदेशका आन्तारिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिम्मतकुमार कार्की, कर्णाली प्रदेशका आन्तारिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लुम्बिनीको अध्ययन भ्रमण गर्दै सहकार्य र एकताको प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

लुम्बिनी भ्रमणका लागि आएका मन्त्री, सचिव तथा महान्याधिवक्तालाई लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले लुम्बिनी गुरुयोजना र बौद्धदर्शन बारेमा जानकारी गराएका थिए । भ्रमणका क्रममा प्रदेशका मन्त्री तथा सचिवले सङ्घीय सरकार मातहत रहेको लुम्बिनीको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले पनि सहकार्य गरेर अगाडि बढ्ने बताएका हुन् । उनीहरुले लुम्बिनीलाई केन्द्रमा राखेर सातै प्रदेशका पर्यटकीय क्षेत्रको विकास गर्नेगरी कार्यक्रमसमेत बनाउन सकिने बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले