३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

काठमाण्डौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र प्रदेश नं १ आ–आफ्नो खेलमा विजयी भएका छन् । वाग्मतीले प्रदेश नं २ लाई ६ विकेटले तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो ।

Advertisement

मूलपानी क्रिकेट मैदानमा प्रदेश २ दे टस जितेर पहिला ब्याटिङ गर्दै ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो । एक सय ८० रनको विजयी लक्ष्य वाग्मतीले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । वाग्मतीका लागि पृथु बाँस्कोटाले अर्धशतकीय पारी खेले । उनले ७५ बलको सामना गर्दै एक छक्का र चार चौकाको मद्दतमा अविजित रहँदै ५३ रन बनाए । यस्तै विभत्सु थापाले ४७, आकाश थापाले ३२ तथा इशान पाण्डे १५ रन बनाए । बलिङतर्फ प्रदेश २ का हरिशङ्कर शाहले दुई तथा विशाल सुसलिङ र कुमार थापाले एक-एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गर्ने क्रममा प्रदेश २ का लागि विवेक यादवले ६६ रनको अर्धशतकीय पारी खेले । उनले ७४ बलमा तीन छक्का र तीन चौका प्रहार गर्ए । यस्तै कुमार थापाले २२, राहुलप्रताप सिंहले १८, सुधिर चौधरीले १५ तथा कप्तान सुरज कुर्मीले १३ रनको योगदान दिए । बलिङतर्फ वाग्मतीका गौतम केसी एक्लैले चार, रामनरेश गिरीले दुई तथा नन्दन यादव, तिलक भण्डारी र विपीन आचार्यले एक-एक विकेट लिए । वाग्मती लगातार तेस्रो खेलमा विजयी भएको हो । वाग्मतीले यसअघि पुलिस क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । वाग्मती शीर्ष स्थानमा छ भने प्रदेश २ चौथो स्थानमा छ ।

प्रदेश १ को सान्त्वना जित
प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले आज सान्त्वना जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो । प्रदेश १ ले टस जितेर पहिला ब्याटिङ गर्दै २१५ रन बनायो । दुई सय १६ रनको विजय लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभरमा सबै विकेट गुमाउँदै १५६ रन मात्र बनायो । कर्णालीका लागि विपीन रावलले सर्वाधिक ४७ रन बनाए । यस्तै निश्चल रावलले ३१, कप्तान रविन्द्र शाहीले १८, दिवान पुनले १४ तथा दिनेश अधिकारी ११ रन बनाए । बलिङतर्फ प्रदेश १ का मिनास थापा एक्लैले पाँच विकेट लिए । यस्तै दिपेश कँडेलले तीन तथा मनोज तामाङले दुई विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले ६६ रनको अर्धशतकीय पारी खेले । यस्तै शुभशङ्कर उरावले ३६, मिनास थापाले २५, सर्वण यादवले १७, फिर्दोस अन्सारीले १७ तथा राजन मगरले १० रन बनाए । बलिङतर्फ कर्णालीका रविन्द्र शाहीले तीन तथा दिनेश अधिकारी र अनुज चुनाराले दुई-दुई विकेट लिए । प्रदेश १ प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

काँग्रेसको अबरोधले तिलोत्तमामा मत गणना रोकियो, धाधली भएको आरोप लगाउँदै नाराबाजी भरतपुरमा रेनु विजय सुवेदी भन्दा ५९ मतले अघि गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा