ताजा अपडेट »

‘नेपाल स्टार’मा उत्कृष्ट ६ बन्न सफल सिद्धान्तको घर बनाउन बृज सिमेन्टको सहयोग

मंगलबार, ०६ माघ २०७७, १२ : २६
4 Shares

बुटवल । सांगेतिक रियालिटी शो ‘बाइबाइ नेपाल स्टार’को उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई बृज सिमेन्टले उनको सपनाको घर बनाइदिने भएको छ । नेपाल टेलिभिजनबाट प्रशारित रियालीटि शोमा उत्कृष्ट ५ बनेका सिद्धान्त इटहरी अडिसन राउण्डबाट प्रवेश गरेका थिए ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पुष्पतारा केडिया सेवा फाउण्डेशनको सहकार्यमा वृज सिमेन्टले सिद्धान्तको घर बनाउन सहयोग गर्ने भएको हो । सहयोग प्रदान गर्दै बृज सिमेन्टले रियालिटी शोका निर्णायक, नेपाल टेलिभिजन तथा दर्शकहरुलाई धन्यवादसहित आभार व्यक्त गरेको छ । नेपाल स्टारको सुटिङ्ग स्थलमा नै उपस्थित भई वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. का कार्यकारी निर्देशक मोहित केडियाले सहयोगको घोषणा गरेका छन् । कार्यकारी निर्देशक केडियाले नेपाल स्टार जस्तो लोकप्रिय कार्यक्रम सञ्चालन गरी वृज सिमेन्टलाई स्थान दिएको बताउँदै धन्यवाद ज्ञापन गरे । केडियाले नेपाल स्टारमा देशभरबाट अडिसन राउण्डदेखि छानिएर अहिले अन्तिम प्रतिस्र्पधा गरिरहेका उमेद्वारहरुलाई शुभकामना व्यक्त गरे ।

वृज सिमेन्टले नेपाल स्टारको ‘पावर सेगमेन्ट’ मा प्रायोजन गर्दै आएको छ । टप टेनदेखि सहभागीहरुको हौसला बढाउन ‘एक्सपर्ट अफ दि डे’ को घोषणा गर्दै प्रा.लि.ले यो श्रृङ्खला अन्तिम प्रतिस्र्पधासम्म रहने जानकारी गराएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।