ताजा अपडेट »

सरकारले मुलुकलाई अराजकता हुनबाट रोक्यो : उर्जा मन्त्री रायमाझी

शुक्रबार, ०२ माघ २०७७, १३ : ४०
6 Shares

बुटवल । उर्जा जलस्रोत तथ सिचाई मन्त्री टोपवहादुर रायमाझीले देश चुनावमा होमिएको दावी गरेका छन् । उनले सरकारले अस्थिताको विकाल्पका रुपमा चुनाव रोजेको भन्दै अव सवै राजनीतिक शक्तीहरु चुनावमा जानुको विकल्प नरहेको बताए ।

रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रवार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री रायमाझीले अब सडक होइन चुनावमा जान आन्दोलनरत पक्षलाई आग्रह समेत गरे । उनले पार्टी भित्रैबाट सरकारलाई सडकमा फालेर देशलाई अराजकता तर्फ लैजाने चलखेलबाट बचाउन सरकारले प्रतिनिधि सभा भंग गर्न बाध्य भयको स्पष्ट पारे । ‘आफ्नै पार्टीको नेतृत्वको सरकारलाई सडकमा लैजाने खालको खेल सुरु भयो । जसले अराजकता फैलाउने र संघीय गणतन्त्र नै ध्वस्त हुने अवस्था आउने देखियो । त्यसकारण संसद विघटन गर्ने काम भयो । यो बाध्यत्मक अवस्था पनि हो ।’–उनले भने । यसको दोष प्रतिपक्ष अरु कोहि हैन सत्ता पक्ष कै प्रचण्ड माधब हुन ।

मिलिनियम च्यालेन्ज करपोरेशन(एमसिसी)का बारेमा बोल्दै उर्जामन्त्री रायमाझीले आफू एमसिसीको निर्णय तुरुन्त गर्नु पर्ने पक्षमा आफू रहेको बताए । ‘यो एमसिसी कि खारेज गरौँ या लागू गरौँ । अलमलको अवस्थामा अव बस्नु हुँदैन् ।’–उनले भने । एमसिसीका बारेमा आफूले घनिभूत रुपमा छलफल गरी निर्णयमा पुग्ने समेत बताए । उर्जामन्त्री रायमाझीले लोडसेडिङ्ग अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दावी उनको थियो । ‘उर्जा संकट निवारण काल भनेर ९९ बुदे योजना मैले तयार गरेको हुँ । त्यस कमिटिमा कुलमान घिसिडलाई पनि राखेको थिए । तर अन्तिम समयमा सरकार ढल्यो । त्यसको जस अर्कैले लियो ।’– उनले भने ।

नेपालमा हाल उर्जा उत्पादन माग भन्दा बढी नै हुन थालेको उनले बताए । ‘हामीसँग उर्जा बढी हुँदै गएको छ । उपयोग गर्ने स्थिति पनि छैन् । एक बर्षमा ५ सय मेगावटा थप हुने छ । निर्यात गर्ने अवस्था छैन् । अर्को चुनैतिका रुपमा यो अवस्था आउँदैछ ।’–उनले भने । कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।