१० मंसिर २०७९, शनिबार

Nov 26, 2022

फाइल तस्विर

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्ष(आव)को छ महिनाको अवधिमा कुल रु तीन अर्ब ८८करोड ९७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु तीन अर्व ९१ करोड ५२ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यभन्दा रु दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व सङ्कलन गरेको छ ।

Advertisement

गएको वर्षमा कार्यालयले सो अवधिमा रु तीन अर्ब ५१ करोड ५३ लाख नौ हजार राजस्व सङ्कलन गरेको थियो । चालु आवमा सो अवधिमा गएको वर्षभन्दा रु ३७ करोड ४४ लाख ३४ हजारले बढी राजस्व सङ्कलन गर्न सफल भए पनि चालु आवमा लक्ष्य हासिल गर्न रु दुई करोड ५५ लाख ५४ हजार अपुग रहनुको कारण अन्तःशुल्कमा कमी आएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

गत वर्षमा सोही अवधिमा कार्यालयले रु चार अर्ब ४९ करोड ६३ लाख ५५ हजार राजस्व सङ्कल गर्ने लक्ष्यमा रु ९८ करोड १० लाख ४६ हजार कम राजस्व सङ्कलन भएको थियो । आव २०७५/७६ मा कार्यालयले सो अवधिमा रु तीन अर्ब १८ करोड १३ लाख ३१ हजार, आव २०७४/७५ मा सो अवधिमा रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजस्व सङ्कलन भएको थियो ।

तुलनात्मक रुपमा कार्यालयले चालु आव २०७४/७५ को भन्दा रु एक अर्ब ४२ करोड ४३ लाख ४४ हजार, आव २०७५/७६ को भन्दा रु ७० करोड ८४ लाख तीन हजार र आव २०७६/७७ को भन्दा रु ३७ करोड ४४ लाख ३४ ले बढी राजस्व सङ्कलन गर्न सफल हुनुमा कार्यालयले कडा मेहनत, अनुगमन र क्रियाशीलताले बढाएको प्रमुख सापकोटाले बताए ।

चालु आवमा सङ्कलित राजस्वमा आयकर रु एक अर्ब ५३ करोड ८७ लाख ८२ हजार, मूल्य अभिवृद्धि कर रु एक अर्ब १४ करोड १९ लाख ८९ हजार, अन्तःशुल्क रु एक अर्ब २० करोड ८९ लाख ६३ हजार छन् । अन्तःशुल्कतर्फ चालु आवको छ महिनाको अवधिमा रु दुई अर्ब तीन करोड ४४ लाख २३ हजार सङ्कलन गर्ने लक्ष्यमा रु ८२ करोड ५४ लाख ६० हजारले कम सङ्कलन हुनुको कारण मादकपदार्थको कारोवारमा कमी आउनु, विकास निर्माण कार्यले तीव्रता नलिनु र जग्गाको कारोवार नहुनु रहेकोे प्रमुख सापकोटाले जानकारी दिए ।

कार्यालयले चालु आवमा आयकरमा १३२ प्रतिशत, मूल्य अभिवृद्धि करमा १५९ प्रतिशत र अन्तःशुल्कमा ५९ प्रतिशत प्रगति हासिल गरेको छ । अहिले मुलुकको अवस्था सामान्य रहेको, व्यापारिक क्रियाकलाप पनि बढी रहेको, निर्माणका कार्यहरु पनि शुरु भएको अवस्थामा र कारोना महामारीको अवस्थामा पनि व्यापार व्यावसाय सञ्चालनमा आएकाले आउने दिनमा अन्तःशुल्कमा पनि सुधार हुने कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रतिनिधिसभामा कर्णाली प्रदेशमा एमाले शून्य, मुख्यमन्त्री बारे चर्चा शुरू पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट, दोषीमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध  रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई पराजित गर्दै राप्रपाका बोहोरा विजयी माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे पाका चिन्तामणी बाको जीत द्वन्द्वकालको पीडामा न्याय भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी जन्ती बोकेको जिप दुर्घटना आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू