ताजा अपडेट »

निर्वाचन आयोगसँग प्रचण्ड–नेपाल समूहले माग्यो एकता गर्दादेखिका सबै कागजात

सोमबार, २७ पुस २०७७, १५ : ४३
4 Shares

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगसँग पार्टी एकता र त्यसपछिका सबै कागजात माग गरेको छ। नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत नेताहरूले सोमबार आयोग कार्यालय कान्तिपथ पुगेर २०७५ जेठ ३ गते नेकपा दल दर्ता गर्दा बुझाएका र त्यसपछिका सबै कागजातको एक प्रति माग गरेका हुन् ।

संस्थापन पक्षले निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न आयोगलाई आग्रहसमेत गरेको छ। संसद विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट परेको र मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको कारण निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनेको अदालतलाई दबाव दिनु भएको भन्दै कार्यक्रम रोक्न संस्थापन पक्षले आग्रह गरेको हो । आयोगका पदाधिकारीहरुले भने मतदाता नामावली संकलन रोकेर मतदान केन्द्र निर्धारणको काम मात्र भएको जवाफ दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने घोषणा गरेका थिए। सरकारको उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेका मुद्दाहरूको सुनुवाइ जारी छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।