ताजा अपडेट »

श्रमिक दिवस र यसको सार्थकता

बुधबार, १८ बैशाख २०७६, १० : ०४
12 Shares

वैशाख १८,
ग्लोबल आवाज
बुुटवल । आज १३०औँ अन्तर्रािष्ट्रय श्रमिक दिवस विश्वभर मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदै आइएको छ । विश्वमा र नेपालमा मजदुुर दिवस मनाइँरहँदा नेपालका अधिकांश मजदुुर भने यसबाट अनविज्ञ रहने गरेका छन् । दिवशले नेपाली श्रमजिवीहरुलाई समेट्न नसकेको गुनासो रहँदै आएको छ । अहिलेपनि पहुुँचवालाको मातहतमा नै श्रमिकको अधिकार निहित छ । श्रमिकले आफ्नो श्रमको समय,मुुल्य र सेवा तोक्ने अवस्था छैन । श्रमिकको जीवन श्रम खर्चिदामात्र चल्ने गरेको छ ।

बुटवलको मिलनचोकमा कपडा फिट्दै एक बालक । उनी पूराना कपडा फिटेर सिरक/डसना बनाउने काममा मजदुरी गर्दै आएका छन् । १३ वर्षिय यी बालक विगत २ वर्षदेखि यो काम गर्दै आएका छन् । तस्वीर एन.बी.कंडेल/ग्लोबल आवाज

श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । मजदुर आन्दोलन चर्कदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन ग(यो । प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।

तिलोत्तमाको योगीकुटीमा रिक्सा चलाउँदै एक महिला । ६५ वर्षिय महिलाले विगत केही वर्षदेखि यसरी मालवाहक रिक्सा चलाउँदै जिविकोपार्जन गर्दै आएकी छन् । तस्वीर एन.बी.कंडेल/ग्लोबल आवाज


सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालियो । विश्वका मजदुरले सो दिवसलाई विशेष पर्वका रुपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा समेत मजदूर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो । श्रमको नाममा एकदिन विदा दिनुु नारामा मात्र मनाउनु भन्दापनि वास्तविक श्रमिक र श्रमलाई सम्मान गर्नुु अबको आवश्यकता हो । ८ घण्टा काम ८ घण्टा आराम ८ घण्टा मनोरञ्जन भनिएतापनि जिविकोपार्जनका लागि स्वदेश तथा विदेशमा १६ घण्टा बढी खटिने मजदुरको हकहित अधिकार र सेवाको निश्चितता हुुन आवश्यक छ । अर्कोतर्फ श्रममा भन्दापनि श्रमको नाममा ठगि गर्ने कथित श्रमजिविहरुले पनि श्रमको मर्म र महत्वलाई बुझेर लगनशिलता र इमान्दिारिता अनुसार योगदान पु¥याउन जरुरी रहेको छ । जसले गर्दा वास्तविक श्रम र श्रमजिविप्रतिको सम्मानमा आँच नआओस् । यो दिवसको अवसरमा सम्पूर्ण श्रमजिविप्रति नमन!

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।