११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

विराटनगर । मोरङको विराटनगरस्थित कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा समस्या देखिएको छ । महिला ५० जना र पुरुष २५० जना गरी कूल ३०० जना बन्दी अट्ने क्षमता रहेको सो कारागारमा अहिले पुरुष ८३२ जना , महिला ८४ जना र नाबालक दुई गरी ९१८ जना रहेका छन्।

Advertisement

कारागाराका नायब सुब्बा रामप्रसाद पोखरेलले कारागारमा कैदीको चाप रहे पनि कारागारामा कोभिड–१९ को कारण कसैको ज्यान नगएको जानकारी दिए । उनका अनुसार आमासँगै आश्रित नाबालक बढीमा तीन वर्षसम्म मात्र बस्न पाउँछन् । कारागारमा कैदीबन्दीले सिदाको रुपमा दैनिक एक जनाले रु ६० र ७०० ग्राम चामल सरकारबाट प्राप्त गर्दै आएका छन् । यसैगरी दशैँ खर्च रु ३००, जाडोको लुगा खरिद गर्न रु एक हजार ५२५, गर्मीको लुगाको लागि रु एक हजार ४०० अतिरिक्त प्रत्येक दुई वर्षमा सिरक डस्नासमेत कैदीलाई दिने गरिएको छ ।

कारागारमा बस्दै आएका कैदीमा जाडो र गर्मी मौसममा शरीर चिलाउने, हातखुटा सुनिने, छालामा विभिन्न खालका समस्या देखिने जनाइएको छ । दैनिक छ जनादेखि आठजना कैदी बिरामी हुने गरेका छन् भने उनीहरुको स्वास्थ्य उपचारका लागि कोशी अस्पताल विराटनगरमा लैजाने गरिएको कारागार प्रशासनले जनाएको छ । कारागारमा कैदी जीवन बिताउने बन्दीहरुको थप आयआर्जनका लागि उनीहरुले मुडा र टोपी तथा सामान्य किसिमको काठका सामान पनि बनाउने गरेको र सो बिक्री भएमा उनीहरुले थप आयआर्जन गर्ने गरेको बताइएको छ। महिला कैदीलाई सीपको विकास गर्न उनीहरुलाई कारागार प्रशासनले सिलाइकटाई, व्यूटिपार्लर तालीम दिनुका साथै सिलाइकटाई तालीममा सहयोग पुग्ने उद्देश्यले अहिले पाँच थान सिलाई मेसिन पनि उपलब्ध गराइएको छ ।

कारागार प्रशासनका अनुसार जोश र जाँगर भएका धेरै बन्दी सीप विकासमा ध्यान दिने गरेको पाइएको छ भने कतिपयले निराश भएर फुर्सदिलो जीवन बिताइरहेका छन् । सरकारले उपलब्ध गराइरहेको सिदा र रकमले बन्दीको दिनचर्यामा नपुग्ने भएकोले नै उनीहरु मेहनत गर्न चाहेको र यसबाट उनीहरुले अतिरिक्त आम्दानी गर्न सफल भएका छन् । कारागारमा रहेका बन्दीमध्ये आर्थिक रुपले सक्षम व्यक्तिहरु निजी अस्पतालमा गएर उपचार गराउने गरेका छन् । कारागार प्रशासनले सानो ठाउँमा धेरै बन्दी राख्दा जोखिम रहने र उनीहरुको उचित व्यवस्थापनमा समेत समस्या आएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रोजगार र समृद्धिका लागि पर्यटन रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गरिनेछ : कांग्रेस कार्यकाल सकिँयाे तर सरकारी सम्पतिमाथिकाे सांसदकाे रजाँई अझै सकिएन नेप्सेमा १५ अंकको वृद्धि बसको ठक्करबाट २१ महिने बालकको मृत्यु डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार