ताजा अपडेट »

झाडा पखालाबाट १ जनाको मृत्यु

आइतबार, १५ बैशाख २०७६, ११ : ४९
10 Shares


वैशाख १५,
ग्लोबल आवाज
गुल्मी । गुल्मीमा झाडा पखलाबाट १ जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिको वडा नम्वर ४ दजाकोटमा सिङ्गोगाउँ नै झाडा पखलाको फैलिएको महामारिमा १२ वर्षिय रेशम सिंजालीको मृत्यु भएको स्थानिय हरि छन्तेलले बताउनु भयो । झाडा पखलबाट बिरामी परेका सिंजाली घरमै रहेको बेला मृत्यु भएको छन्तेलले बताउनु भयो । सिजांलीको घरमा झाडा पखलाबाट सबै बिरामी परेका छन् । झाडा पखलाबाट आइतवार बिहानसम्म १ सय ७० जना बिरामी भएका छन् ।

बिरामी मध्ये विरामी परेकाहरु मध्ये ६ जनाको गुल्मी अस्पताल तम्घास, ३ जनाको रेसुङ्गा अस्पताल तम्घास र एक जनाको चितवन लगिएको छ । गुल्मी अस्पताल हुदै पाल्पा बुटवलमा उपचार सम्भव नभएपछि चितवनमा लगिएको हो । गुल्मी अस्पतालमा उपचारत मध्ये २ जना निको भएर घर फर्किएको जिल्ला अस्ताल गुल्मीका प्रमुख उत्तम पच्याले बताए । अन्य केही व्यक्तिको सोही ठाउँमा संचालन गरिएको अस्थाई स्वास्थ्य शिविरमा उपचार भैरहेको छ । सिङ्गो गाउँ नैै प्रभावित बनेपछि काठमाडौंबाट बिशेषज्ञ टोली अध्ययनका लागि आएको छ ।


झाडा पखला फैलिएको क्षेत्रमा के कारणले झाडा पखला फैलिएको भन्ने बारे अनुसन्धान गर्न काठमाडौंबाट बिश्व स्वास्थ्य सठन (WHO) को समन्वयमा इपिडियोनोलोजि तथा रोग नियन्त्रण महाशाखाबाट टोली गुल्मी आएको छ । डक्टर सहितको टोलीले स्थलगत अध्यन सुरु गरेको छ । शनिवार साझबाट प्रभावित क्षेत्रमा पुगेर पानी पानीको मुहानमा पुरगेर परिक्षणका लागि लैजाने गुल्मी अस्पताल प्रमुख उत्तम पच्याले बताउनु भयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।