२० आश्विन २०७९, बिहीबार

Oct 6, 2022

बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालबाट एक व्यक्ति वेपत्ता भएका छन् । अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामी अस्पतालबाट आइतबार विहान लापत्ता भएका हुन् । निमुनियाका रोगी बुटवलका ५५ वर्षिय पुरुष लुम्बिनी प्रादशिक अस्पतालमा उपचारका लागि गएकोमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

Advertisement

‘गत बुधबार कोरोना पुष्टि भएसँगै अस्पतालको आइसियु कक्षमा भर्ना भएका उनलाई अस्ति मात्रै प्लाज्मा चढाइएको थियो ।’-उनका एक आफन्तले भने । अस्पतालको लापरवाहीका कारण उनी हराएको परिवारको आरोप छ । आईसीयुमा भर्ना भएका संक्रमित पिशाव फेर्न बाहिर आउनै नसक्ने संक्रमितकी श्रीमतीले बताईन् । ‘बेडमा चढाईएको सलायन नफेरेर सबै रगत फक्र्यो, मलाई मार्ने भए, मलाई लिन आउ भनेर फोन आएको थियो, हामीले भोली डाक्टरसँग सल्लाह गरेर आउँछौं भन्यौं ।’ संक्रमितका श्रीमतीले भनिन् । अस्पतालबाट भागेका उनी परिवारलाई फोन गर्न भनी बुटवल स्थित एक होटलमा रहेका आफन्तलाई भेट्न पुगेको र त्यसपछि सम्पर्कमा नआएको पारिवारीक स्रोतले बताएको छ ।

बिहान पिशाव फेर्न गएका ती संक्रमित शौचालयबाटै जङ्लतिर भागेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले ग्लोबल आवाजलाई जानकारी दिए । ‘उहाले हिजो साँझदेखि नै घर जाने इच्छा व्यक्त गर्नुभएको थियो । उपचार नसकिएको हुनाले हामीले डिस्चार्ज दिएनौं ।’-थापाले भने । ‘अस्पतालले घर जान नदिएपछि भाग्नुभएको हुन सक्छ ।’ अस्पतालबो पछाडीबाट जँगलतिर भागेका उनलाई त्यहाँका कर्मचारी र कुरुवाहरुले केहिबेर पिछा गरेपनि राजमार्ग पार गरेर जङ्ल पसेपछि नियन्त्रणमा लिन नसकिएको उनले बताए ।

अस्पतालबाट वेपत्ता भएका उनलाई खोजी सुरक्षाकर्मीहरुको सहयोगमा खोजी कार्य भइरहेको अस्पतालले बताएको छ । यसैगरी उनका परिवार तथा आफन्तहरुले समेत खोजीका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

आज पनि टीका लगाइँदै आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा हुने सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौँ आइपुग्ने रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको दुर्घटनामा मृत्यु गुल्मीको मुसीकोटस्थित दरबार कोटको मेला (तस्वीरमा ) राम बन्न डराएका थिए प्रभास दशैं मनाउन मामाघर हिँडेका अर्घाखाँचीका १० वर्षीय समिरलाई खोलाले बगायो इन्टरनेट जडान गर्ने क्रममा २४ वर्षीय निलमको मृत्यु जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते नेपाल थाइल्यान्डसंग पराजित तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी मिसाइल प्रक्षेपण असफल भएकोमा दक्षिण कोरियाले माग्यो माफी हिमपहिरोमा परी चार जनाको मृत्यु जसपाका केन्द्रदेखि नगरसम्मका नेताले गरे सामुहिक राजीनामा मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता-अभिनेत्री नातिनीको स्याहार पाउने १०१ वर्षीय भाग्यमानी बाजे ! मधेशमा महिला हिंसा : घटनाकाे ग्राफ बढे पनि उजुरी बढेन भगवती मन्दिरमा चढाइयो ६ सय ६९ राँगाको बलि