ताजा अपडेट »

बेलायतकोजस्तै कोरोनाको पहिलो केस फ्रान्समा पनि

शनिबार, ११ पुस २०७७, ०९ : ४५
8 Shares

पेरिस । बेलायतमा फेला परेको नयाँ संस्करणको थप संक्रामक कोरोना भाइरसको पहिलो केस फ्रान्समा पनि भेटिएको अधिकारीहरुले पुष्टि गरेका छन् ।फ्रान्सको स्वास्थ्य मन्त्रालयले नयाँ प्रकारको संक्रमण पुष्टि भएका व्यक्ति गत डिसेम्बर १९ मा लण्डनबाट फ्रान्स आएको जनाएको छ ।

संक्रमित व्यक्ति लक्षण विहिन रहेको र हालै सेल्फ आइसोलेसनमा रहेको पनि बताइएको छ ।बेलायतमा कोरोना भाइरसको नयाँ संस्करण देखिएपछि दर्जनौं मुलुकहरुले यात्रा प्रतिबन्ध गरेका थिए ।-ntvonline

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।