ताजा अपडेट »

देश संक्रमणमा

बुधबार, ०८ पुस २०७७, १२ : १८
6 Shares

यो देश हाम्रै जीवन कालमा समृद्धिको बाटोमा अग्रसर होला भनेर विश्वास लाग्न छोडेको छ । देशमा ठूला-ठूला राजनीतिक परिवर्तन भए, राणाकालीन र पन्चायती व्यवस्थादेखि निरंकुस राजतन्त्रसम्म हटाएर संघीय गणतान्त्रिक नेपालको निर्माण गरियो । आजसम्मको उपलब्धि त्यही एक खोस्टा संविधान मात्र देखियो । त्यो भन्दा अर्को कुनै उपलब्धि र परिवर्तन यो देश र जनताले साच्चै आभास गर्न पाएका छैनन् । जनतामा निकै ठूलो आसा र भरोसा थियो । देशमा लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको नयाँ संविधान जारी भैसकेपछि । अब व्यबस्था परिवर्तनको निमिक्त कुनै संघर्ष गर्नु पर्दैन अब त आर्थिक समृद्धि र विकासको र देशको आमुल परिवर्तनको लागि सङ्घर्ष हुने छ, भनेर जनताले चुनावमा भोट हालेर बहुमत दिएका दलका नेताहरुको पछिल्लो राजनीतिक चरित्र हेर्दा नागरिकमा बितृष्णा जागेको छ ।

(२०७४) सालको प्रतिनिधी सभाको चुनावका बेला तात्कालिक ‘नेकपा एमाले’ र ‘नेकपा माओवादी केन्द्र’ चुनावी तालमेल गरि चुनाव लडे र जनताले साच्चै पत्याए बिगतका कैयौं अस्थिर सरकारको कार्यशैली देखेर । आजित भएका जनताहरुले यिनिहरुलाई बहुमत दिए । यि दुई पार्टी मिलेर एउटा पार्टी बन्यो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब त देशमा स्थिर सरकार होला जनताको बहुमतको साच्चै कदर हुनेछ, देश आर्थिक विकासमा पक्कै लाग्ने छ, भन्ने जस्ता ठूला ठूला सपना देखेका जनता फेरि एकपटक निरास बन्न पुगेका छन् ।

आम सर्वसाधारण नागरिकलाई लाग्दै छ, व्यवस्था परिवर्तन भएर के भयौं र जनताका समस्याहरू पञ्चायती व्यवस्थामा भन्दा पनि झन्झन् बढ्दो क्रममा छन् । भन्दैछन् जनता यस्तो किसिमको लोकतन्त्र किन चाहियो जहाँ जनता आधारभूत आवश्यकता पनि नपाएर मर्नु परेको छ । जहाँ नागरिकका समस्याहरूभन्दा ठूला राजनीतिक भागबन्डा समस्या छन् । जहाँ अर्बौ भ्रष्टाचार गर्नेहरू खुलेआम हिँडिरहेका छन् । जहाँ नागरिकले दुई छाक खान नपाएर सडक छाप हुन पुगेका छन् । त्यसैले यस्तो व्यवस्था किन चाहियो ?, भन्ने आवाज उठिसकेको छ । अहिलेसम्मको राजनीति अवस्था हेर्दा यस्तै भएको छ । साच्चै लाग्न थालेको छ । यो व्यवस्थाले नागरिकलाई के दियो ? के निःशुल्क स्वास्थ्य शिक्षा दियो या रोजगारीका अवसर सिर्जना गरिदियो ? देशमा शान्ति सुरक्षा कायम गर्यो या वैदेशिक हस्तक्षेपलाई अन्त्य गर्यो ?

देशमा कोरोना महामारीले गर्दा बढ्दो आर्थिक समस्या ब्यहोर्दै आएका नागरिकहरु माथि फेरि अर्को बज्रपात थपिएको छ । मध्यावधि निर्वाचनको ‘नेकपा पार्टी’ भित्रको आन्तरिक किचलोले गर्दा निम्तिएको यो अवस्था । अब आम नागरिकले भोग्नु पर्ने अवस्था आएको छ । एउटा पार्टी भित्रको किचलो र दुई चार जना टाउके हरूका ‘पद’ बिरासतको मोहले गर्दा आम नागरिक फेरि अर्को आर्थिक भार खेप्न बाध्य भएका छन् । देशमा नागरिक बेरोजगार भएका दुई छाक खानलाई कठिन भएको अवस्थामा छ । नेताहरुको कुकृत्य सत्ता लोभ लालजको कारणले उब्जिएको राजनितिक अखडाको कारणले गर्दा । आज तिनै जनताको पेटमा लात हानिएको छ, जसले आज तिनिहरूलाई नेता बनाए ।

साच्चै लाग्न थालेको छ यो संसदिय ब्यबस्था पनि ठिक छैन जस्लाई चुनावमा भोट दिएर पठाएनी कुनै राम्रो नतिजा र उपलब्धि हासिल हुन सकेन । सिवाए भष्ट्रचार बेथिति बिसंगति लपारबाही । सत्ताको दुरुपयोग बाहेक अब अन्तिम व्यवस्थाको आस जनतामा प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारीको अवस्था जबसम्म यो व्यवस्था देशमा लागू हुदैन तबसम्म परिवर्तनको कुनै गुन्जायस हुने वाला छैन । अहिलेको यो राजनीतिक बिसम परिस्थितिलाई हेर्दा ।

अब जनता सच्चिनु पर्ने देखिएको छ । सर्बोच्च अदालतले केपी ओलीको सांसद बिघटनको प्रस्तावलाई खारेज गरेन भने आउने मध्यावधि चुनावमा यि देशका गद्दारहरुलाई भोटकै आधारमा यिनिहरुलाई आफ्नो वास्तविक धरातल देखाएर बदला लिने नेपाली जनतालाई यो राम्रो अबसर पनि बनेर आएको छ । अब पनि जनताले पैसाकै लोभ लालजमा परी चुनावमा मत पैसासँग साटे भने ठुक्क भए हुन्छ यो देशमा हाम्रो पुस्ता रहेसम्म परिवर्तन हुदैन । परिवर्तनको बारेमा कसैले पनि ओकालत नगरेपनि हुन्छ । हरेक नेपालीको समस्या बनि आएको छ ।

वैशाखमा हुने भनिएको निर्वाचन समस्यासँगै जनतालाई अवसर पनि हो । यि भ्रष्टाचारी देश लुट्नेहरूलाई आफ्नो औकात देखाइदिने । त्यसैले आम नागरिक सचेत हुनुपर्छ । अबको नागरिक मत अधिकार सक्षम इमानदार र केही गर्न सक्ने हैसियत र ल्याकत राख्ने योग्य व्यक्तिहरूको लागि मात्र आफ्नो त्यो अमुल्य मत अधिकार प्रयोग गर्नुपर्ने छ । यदि चुनाव भएको खण्डमा । सकभर चुनावमा जाने परिस्थिति नआओस् ।

https://www.globalaawaj.com/archives/68545
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।