ताजा अपडेट »

बालुवाटारमा ओली पक्षको बैठक, प्रचण्ड पक्षले पनि बैठक बस्दै

मंगलबार, ०७ पुस २०७७, ११ : ४९
6 Shares

काठमाण्डौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा बस्दै छ । ओलीको अध्यक्षतामा बैठक बसेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी केन्द्रीय कमिटीको बैठक अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको अध्यक्षतामा बस्दै गरेको जानकारी दिए ।

बिहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि झण्डै डेढ घण्टा ढिला गरी सुरु भएको हो । ओलीले बोलाएको बैठकमा ओली समूहका सहित पूर्व माओवादी निकट टोपबहादुर रायमाझीसहितका केही नेतापनि सहभागी रहेको बताइएको छ ।

आजै प्रचण्ड समूहले पनि केन्द्रीय समिति बैठक बोलाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।