ताजा अपडेट »

३१ परियोजनामा २५ अर्बको लगानी प्रस्ताव

आइतबार, ०८ बैशाख २०७६, १७ : ५९
2 Shares

वैशाख ८,

काठमाडौं । लगानी सम्मेलनमा प्रस्तुत गरिएको योजनाका लागि २५ अर्ब रुपैयाँ भन्दा बढीको प्रस्ताव परेको छ । गत चैत १५ र १६ गते काठमाडौंको होटल सोल्टीमा सम्पन्न भएको लगानी सम्मेलनमा प्रस्तुत गरिएको ७७ योजनामध्ये जम्मा २६ परियोजनाका लागि मात्र आवेदन परेको छ । साथै लगानी सम्मेलनमा प्रस्तुत गरिएको बाहेक अन्य ५ परियोजनाका लागि पनि लगानी प्रस्तुत आएको लगानी बोर्डले जनाएको हो । यी ३१ परियोजनाका लागि २५ खर्ब रुपैयाँ बढीको लगानी प्रस्ताव परेको हो । अधिकांश परियोजनामा एउटामात्र प्रस्ताव परेको छ भने यातायात पूर्वाधारका योजनामा लगानीकर्ताको धेरै चासो देखिएको छ ।

सो लगानी सम्मेलनमा सरकारले ५० र निजी क्षेत्रले २७ गरी कुल ७७ परियोजना प्रस्तुत गरेका थिए । तीमध्ये २६ वटामा लगानी प्रस्ताव आएको हो ।बोर्डका अनुसार निजगढ विमानस्थलमा ६, बाहिरी चक्रपथमा ४ वटा, बस र्यापिड ट्रान्जिट (काठमाडौं) मा ४ वटा, धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ वटा, सामाखुशी–टोखा–छहरे सडकमा २ वटा, काठमाडौं मेट्रो रेल, पूर्वपश्चिम विद्युतीय रेल, काठमाडौं पोखरा, लुम्बिनी रेलमार्ग र काठमाडौं स्काई ट्रेनमा एक र एक वटा प्रस्ताव परेको छ । 

त्यस्तै जलविद्युत तिरको परियोजनामा तमोर जलविद्युत आयोजनामा २, पश्चिम सेती, सुनकोशी दोस्रो, तेस्रो, तल्लो अरुण र ५ सय ५० मेगावाटको नेपाल सोलार आयोजनामा एक र एक वटा प्रस्ताव परेको छ । त्यस्तै भक्तपुरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि दुईवटा प्रस्ताव परेका छन् ।

लगानी बोर्डका अनुसार कृषि पूर्वाधारका ५ परियोजनामा ७ , स्वास्थ्य तथा शिक्षा पूर्वाधारका ३ परियोजनामा २, ऊर्जाका ७ परियोजनामा ८, उद्योग पूर्वाधारका एउटा परियोजनामा एउटा, पर्यटन पूर्वाधारका ३ परियोजनामा ३, यातायात पूर्वाधारका ९ परियोजनामा २२ तथा सहरी पूर्वाधारका ४ परियोजनामा ५ आवेदन परेको छ ।
 


ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।