ताजा अपडेट »

घरेलु मैदानमा युनाइटेडलाई पीएसजीको चुनौती

बुधबार, १७ मंसिर २०७७, १३ : ५४
6 Shares

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (बुधबार)राति इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार वर्ल्ड ट्राफोर्डमा राति १:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा युनाइटेडलाई पीएसजीले चुनौती दिन लागेको हो । आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा छन् । आजको खेलमा जित निकाल्दै युनाइटेड अघिल्लो चरण प्रवेश गर्ने योजनामा छ । लिगमा चार खेल खेलेको युनाइटेड ९ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । यता, पीएसजी पनि आजको खेल आफ्नो पोल्टामा पार्दै अघिल्लो चरण प्रवेशका लागि आफ्नो दावेदारी प्रस्तुत गर्ने योजनामा रहेको छ । लिगमा चार खेल खेलेको पीएसजी ६ अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

https://www.globalaawaj.com/archives/66983
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।