ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा चक्कु प्रहार गरी बाबुले गरे छोराको हत्या

आइतबार, ३० कार्तिक २०७७, १० : ४४
38 Shares

बुटवल । रुपन्देहीमा चक्कु प्रहार गरी बाबुले आफ्नै छोराको हत्या गरेका छन् । तिलोत्तमा नगरपालीका-११ संञ्जिवनीका ४३ वर्षीय शेर बहादुर गुरुङले  शनिबार साझ आफ्नै १९ वर्षका छोरा पदम बहादुर गुरुङलाईचुक्कु प्रहार गरेका थिए ।

चुक्कु प्रहारबाट बायाँ खुटाको तिग्रामा चोट लागेका पदमको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए । चक्कु प्रहारबाट घाइते पदमलाई लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा ३ वटा टाका लगाई शनिबार साझ डिस्चार्ज भई घरमा गएका थिए ।

शनिबार राती करिव ११ बजेतिर  एक्कासी बेहोस भई पुन: उपचारको लागी सोही अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने उनका बुबा शेर बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।