ताजा अपडेट »

तिहारको दोस्रो दिन : काग पूजा गरिँदै

शुक्रबार, २८ कार्तिक २०७७, ०७ : ४५
26 Shares

बुटवल । यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरी मीठो-मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।

वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाई र दिदी बहिनीका अतिरिक्त बलिराजाको पनि पूजा गर्ने धार्मिक विधि छ । यस वर्ष यमदीपदान हिजोदेखि शुरु हुने भए पनि काग तिहार आज परेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।