ताजा अपडेट »

भारतको उत्कृष्ट पुनरागमन, अस्ट्रेलिया ६ विकेटले पराजित

मंगलबार, ०१ माघ २०७५, १६ : १८
8 Shares

माघ १,

मेलबर्न । कप्तान विराट कोहलीले सतक बनाएपछि भारतले अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवशीय क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा ६ विकेटको जित हात पारेको छ। अस्ट्रेलियाले प्रस्तुत गरेको दुई सय ९९ रनको लक्ष्य  भारतले ४९ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो।

कोहलीले एक सय ४ रन बनाए। पुर्व कप्तान महेन्द्रसिंह धोनी ५५ रनमा अविजित रहे।   रोहित शर्माले ४३ र  शिखर धवनले ३२ रन बनाए। कोहलीले एक सय १२ बलमा दुई छक्का र पाँच चौका प्रहार गरे। कोहलीले दुई सय १८ एकदिवशीय खेल खेल्नेक्रममा ३९ सतक र ४८ अर्धसतक बनाएका छन्। उनको नाममा टेस्टमा २५ सतक र २० अर्धसतक छन्। भारतले पहिलो विकेटका लागि ४७ र तेस्रो विकेटका लागि ५९ र चौथो विकेटका लागि ८२ रनको साझेदारी गरेको थियो।

यसअघि अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ९८ रन बनायो। सौन  मार्सले एक सय ३१ रन बनाए। मार्सले एक सय २३ बलमा तीन छक्का र ११ चौका प्रहार गरे। ग्लेन म्याक्सवेलले ४८ रन बनाए। भारतका बलर भुवनेश्वर कुमारले चार र मोहम्मद सामीले तीन विकेट हात पारे। भारतको यो जितसँगै शृंखला १-१ को बराबरीमा पुगेको छ। भ्रमणका क्रममा भारतले चार खेलको टेस्ट शृंखला २-१ ले जितिसकेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।