ताजा अपडेट »

रोहिणीका कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ

विहीबार, २७ कार्तिक २०७७, १८ : ०३
10 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले किसानहरुका लागि अनुदानमा गँहु वितरण सुरु गरेको छ । गाउँपालिकाले आफ्ना पालिका अन्तर्गतका किसानहरुलाई बजार मूल्यभन्दा ५० प्रतिशत अनुदानमा गँहु वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गँहु छर्ने मौसममा कृषकहरुका्े सहजताको लागि अनुदानमा बिउ उपलब्ध गराएको अध्यक्ष सनोजकुमार यादवले बताए । अध्यक्ष यादवले कृषकको लागि सम्बन्धित वडामै बिउ उपलब्ध गराउने गरि गाउँपालिकाले तयारी गरेको बताए । उनले तत्कालको लागी एक वडामा १ सय बोरा गँहुको बिउ उपलब्ध गराईएको बताउँदै माग अनुसारमा गँहु बजारमा नपाईएको र पाईए लगत्तै यो थप बिउ बितरण गर्ने जनाए ।

बजार मूल्य भन्दा आधा मूल्यमै गँहु पाएपछि कृषकहरु पनि दंग परेका छन् । बजारमा २ हजार ६ प्रतिबोरा पर्ने बिउ गाउँपालिकाले १ हजार ३ सय रुपैया लिई रहेको छ । १ हजार ३ सयमा आफ्नै गाउँमा बिउ पाए पछि कृषकहरु पनि हर्षित भएका छन् । उनीहरुले बिउ जस्तै मल पनि वडाबाट वितरण हुन सके खेती झन फष्टाउने प्रतिक्रिया दिए ।

पहिलो दिन रोहिणी गाउँपालिका वडा नम्बर २ मा १ सय बोरा बिउ बितरण गरिएको २ नम्बर वडाका वडा अध्यक्ष सरोज कुमार पाण्डेले जनाए । वडामा हुने खेतीको तुलनामा प्राप्त बिउ धेरै थोरै रहेकोले गाउँपालिकालाई थप बिउ उपलब्ध गराउन उनले आग्रह गरिएको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले चालु आर्थिक वर्षको लागी २० लाख रुपैयाको बिउबिजन खरिद गर्ने योजना रहेको बताए । उनले गाउँपालिकाले मागेको अनुपातमा कृषि सामाग्री कम्पनीले बिउ उपलब्ध गराउन नसक्दा प्रयाप्त बिउ बितरण गर्न नसकेको बताउँदै आगामी दिनमा यसलाई थप ब्यवस्थित बनाउदै लैजाने समेत प्रतिवद्धता व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।