ताजा अपडेट »

कोभिडको प्रभावमा विश्व शान्तिको मुहान लुम्बिनी

विहीबार, २७ कार्तिक २०७७, १३ : १४
2 Shares

भैरहवा । विश्व शान्ती एवम सबै धर्मको आस्थाको केन्द्र लुम्बिनी लामो समयदेखि बन्द हुँदा पर्यटक आगमन ठप्प प्राय बनेको छ । बाह्य पर्यटक मात्र हैन अहिले पनि मायादेवी मन्दिर र लुम्बिनीमा रहेका गुम्बाहरु बन्द हुँदा आन्तरिक पर्यटक पनि लुम्बिनी बन्द रहेको छ । विश्व शान्तीको मुहान लुम्बिनीमै अहिले शान्ती खोज्न आउनेहरुको खाँचो रहेको छ ।

लुम्बिनी बिकास कोषकै भाषामा बार्षिक १८ लाख सम्म पर्यटकले भ्रमण गर्ने अन्र्तराष्ट्रिय पर्यटन केन्द्र नराम्ररी कोभिडको चपेटामा परेको छ । यसले यहाका होटल ब्यवसायी, पर्यटन ब्यसवासायी मात्र नभई पर्यटनलाई रोजगार बनाएको अन्य साना ब्यपारी पनि मर्कामा परेका छन् । अब कोरोना महामारीमाको बिच जोगिएर नै काम गर्नु आवश्यक रहेको बताउदै यस अघि नै बिभिन्न ११ वटा संस्थाहरुले लुम्बिनी बिकास कोषलाई मन्दिर खोल्न आग्रह गरेका छन् ।

लुम्बिनी होटल एशोसिएसनका अध्यक्ष मिथुनमान श्रेष्ठले लुम्बिनीमा सावधानी अपनाउदै सामाजिक दुरीमा भ्रमण गर्न सहज रहेको बताए । उनले यस बिषयमा लुम्बिनी बिकास कोषलाई ७ दिने अल्टिमेटम समेत दिई सकिएको बताए । “कोभिडको कारण बन्द भएको अर्थतन्त्र चलायमान बनाउन अब पर्यटनलाई खोल्नु पर्छ ।” उनले भने ।

अंग्रेजी महिनाको अक्टुबर महिना देखी नै लुम्बिनी भ्रमणको उत्तम मौषम हो । न अधिक गर्मी न अधिक जाडो हुने भएकोले अक्टोवरदेखि यहाँ आन्तरिक एवम बाह्य पर्यटकको घुईचो लाग्ने गरेको थियो । भ्रमणको लागी आउने आन्तरिक पर्यटकको लागी पनि मायादेवी मन्दिरको मूलद्वार खोलिएको छैन । बाहिरीद्वार खोलिएपनि मास्क नलगाई आउनेलाई मायादेवी मन्दिर प्रांगणमा समेत प्रवेश दिइएको छैन ।

काठमाण्डौबाट मन्दिर अवलोकन गर्न आएकी क्रिश्चियन समुदायकी महिला मास्कको अभावमा अवलोकन गर्न नपाएपछि बाहिरबाट नै मन्दिर अवलोकन गर्दै ।

काठमाण्डौंबाट पहिलोपटक लुम्बिनी आएकी एक क्रिश्चियन समुदायको महिलालाई मास्क नभएकै कारण मन्दिरको प्राङ्गगणमा प्रवेश नदिएपछि उनि बाहिरबाट नै मन्दिर अवलोकन गरेर फर्किन परेको गुनासो गरिन् । “मास्क बाहिर गाडीमै भुलेर आए, लिन जाउ भने टाढा छ मास्क नभई भित्र पस्नै पाइएन ।” उनले गुनासो गरिन । मास्क नभएकै कारण फाट्टफुट्ट रुपमा आई रहेका पर्यटकहरु अहिले दर्शन नै नपाई फर्किन बाध्य रहेका छन् ।

यता लुम्बिनी बिकास कोषमा उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले मन्दिर सञ्चालनको लागी सरकारलाई पत्राचार गरिएको र यस बारेमा सरकारमा पनि गम्भिर बहसहरु भएको दावी गरे । पर्यटनमन्त्री योगेश भट्टराईले पनि २ पटक यस बिषयमा क्यबिनेटमा प्रस्ताव पठाएको उनले बताए । ‘अन्तराष्ट्रिय ठाउँ भएको नाताले अहिले पशुपतिनाथ लगायतको मन्दिरहरु खोल्न नसकेको अवश्थामा शान्ती खोज्न आउने ठाउमा कोभिड बाडिन थालियो भने यसले नराम्रो सन्देश जान्छ ।' उपाध्यक्ष त्रिपाठीले भने “तर मलाई लाग्छ अब सरकारले छिट्टै नै सञ्चालन गर्ने सरकारले तयारी गरेको छ ।” उपाध्यक्षले अनुमति पाएको दिन देखी नै कोभिडको लागी तोकिएको आवश्यक मापदण्ड पुरा गर्दै सुरक्षित तरिकाले मन्दिर खोल्ने तयारी गरि सकेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।