November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः सर्यो

153

बुटवल । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः सरेको छ ।

बुधबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै २७ गतेलाई बोलाइएको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २८ गते दिउँसो १ बजे बस्ने गरी बैठक सारिएको जानकारी दिएका हुन् ।

कोरोना संक्रमणका आशंकामा उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला होम आइसोलेसनमा रहेका कारण बैठक सारिएको बताइएको छ ।

पछिल्लो अपडेट