१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

वासिङटन । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् ।  यस पर्यवेक्षणमा १३ मुलुकका २८ जना विज्ञ एवं पर्यवेक्षक सहभागी थिए । उनीहरुले अमेरिकी राज्यहरु जोर्जिया, आयोवा, मेरिल्यान्ड, मिचिगन र डिस्ट्रिक्ट अफ कोलम्बियाको चुनावी गतिविधिको अनुगमन गरेका थिए । कोभिड–१९ का कारण अन्य राज्यमा भने अनुगमन गर्न नसकिएको ओएसले जनाएको छ ।

ओएएसका अनुसार चुनावको दिन शान्तिपूर्ण थियो भने हुलाकबाट प्राप्त मतपत्रहरु निकै सुरक्षित र व्यवस्थित थियो ।  पर्यवेक्षणका क्रममा चुनावमा धाँधली भएको कुनै प्रमाण फेला नपरे पनि चुनावमा सहभागी पक्षले अदालतमा उजूरी दिन सक्ने पनि ओएएसले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै विभिन्न राज्यका अदालतमा मुद्दा दायर गर्नुका साथै राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई समेत दिएका छैनन् ।–एपी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमै खाल्डो, सवारी आवागमन प्रभावित पूर्वप्रहरीका सन्तानलाई विद्यालय र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिइने पूर्वाधार बनाएर मात्रै प्रदेश राजधानी सार्न रुपन्देही कांग्रेसकाे माग सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते निर्वाध रूपमा रात्रीकालीन बजार सञ्चालन गर्न रुपन्देहीका हाेटल व्यवसायीकाे माग राप्रपा प्रवक्ता श्रेष्ठको नजरमा सरकार गठनमा माओवादीका ५ विकल्प हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध इन्डोनेसियामा शक्तिशाली भूकम्प माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी