ताजा अपडेट »

आईपीएलको फाइनल आज, दिल्लीलाई इतिहास रच्ने मौका

मंगलबार, २५ कार्तिक २०७७, १२ : २२
18 Shares

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्दैछन् । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने दिल्ली र मुम्बईबीचको फाइनल खेल नेपाली समय अनुसार राति ७ः४५ बजे पछि सुरु हुनेछ ।

चार पटकको च्याम्पियन बनिसकेको मुम्बई दिल्लीलाई हराउँदै पाँचौ पटक उपाधि जित्न चाहन्छ । तर, पहिलोपटक फाइनलमा पुगेको दिल्ली पनि मुम्बईलाई पन्छाउँदै इतिहास रच्ने दाउमा छ । रोहित शर्माको कप्तानीमा मुम्बई मैदान उत्रनेछ भने श्रेयस ऐरको नेतृत्वमा दिल्ली रहेको छ । आइपिएलमा यी दुई टोलीबीच कुल २७ खेल भएको छ । जसमा मुम्बई १५ खेलमा विजयी भएको छ भने १२ खेलमा दिल्ली विजयी भएको छ ।

फाइनलमा पुगेको टिम दिल्लीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि सम्मिलित छन् । तर, लगातार तेस्रो सिजन आईपीएल खेलिरहेका उनले यस वर्ष बेन्चमै सिमित हुँदै आइरहेका छन् । उनले खेल्न पाउने सम्भावना निकै कम रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।